Saturday, March 25, 2023

यूएईसँग नेपाल ८४ रनले पराजित

ताजा / भरखरै प्राप्त

नेपाल भारत सम्बन्ध अदभूत : माधव नेपाल

प्रेमचन्द्र झाराैतहट, चैत्र ११। नेकपा एकीकृत समाजवादीका केन्द्रीय अध्यक्ष माधव कुमार नेपालले नेपाल भारत सम्बन्ध अदभूत रहेकाे कुरा बताएका छन ।नेपाल -...

हर्साहामा ४ कोठे सुविधा सम्पन्न स्वास्थ्य चौकी भवनको शिलान्यास

रौतहट, ११ चैत । बृन्दावन नगरपालिकाको वडा नं ६ हर्साहामा ४ कोठे सुबिधा सम्पन्न आधारभुत स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ ।

३३ लाख जनता इन्धनका लागि अझै दाउराकै भरमा

नेपालमा  कुल परिवारमध्ये ५१ प्रतिशत परिवार अझै खाना पकाउनका लागि दाउराकै भर पर्दै आएका छन्।  शुक्रबार सार्वजनिक भएको राष्ट्रिय...

नेपालको जनसंख्या वृद्धिदर वि.सं. १९९८ यताकै सबैभन्दा कम, ०.९२ प्रतिशतमा झर्‍यो

जनसंख्या वृद्धिदर वि.सं. १९९८ पछि सबैभन्दा कम घटेको छ। उक्त वर्ष १.२७ प्रतिशत रहेकोमा अहिले ०.९२ प्रतिशतमा झरेको छ। 

मिटरब्याजी पीडितका समस्या समाधान गर्न सरकार तयार

चैत १० , काठमाडौँ । मिटरब्याजीविरुद्ध आन्दोलनरत किसानका समस्या समाधान गर्न सरकारले पहल थालेको छ।  महोत्तरीको बर्दिवासदेखि काठमाडौँसम्मको यात्रामा निस्किएका...

काठमाडौँ — अर्जुन साउद र दीपेन्द्रसिंह ऐरीको अर्धशतकका बाबजुद यूएईले पहिलो एकदिवसीय अन्तर्राष्ट्रियमा नेपाललाई ८४ रनले पराजित गरेको छ । २ सय ६४ रनको लक्ष्य पछ्याएको नेपालले ५० ओभरमा ९ विकेट गुमाई १ सय ७९ रनमात्र बनाउन सक्यो ।

ब्याटिङमा निकै कमजोर सुरुआत गरेको नेपालबाट अर्जुनले ५१ र दीपेन्द्रले ५४ रन बनाए । एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरिरहेका अर्जुनले ७९ बल खेल्दै ५ चौका प्रहार गरे । उनका ओपनिङ जोडि आसिफ शेख १२ रनमा आउट भए । पूर्व कप्तान ज्ञानेन्द्र मल्ल दुई बल खेली डकआउट भए ।

मंगलबार १७औं जन्मदिन मनाउने क्रममा रहेका आयन खानले नेपाली ब्याटिङलाई भताभुङ्ग बनाइदिए । एकदिवसीय अन्तर्राष्ट्रियमा आफ्नो पहिलो खेल खेलिरहेका उनले आसिफ र ज्ञानेन्द्रसहित रोहित पौडेलको पनि विकेट लिए । एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालको कप्तानका रूपमा पहिलो खेल खेलिरहेका रोहितले १ रनमात्र जोड्न सके । डेब्यु गरिरहेका हरिशंकर शाह ८ रनमा आउट भए । त्यसपछि अर्जुन र दीपेन्द्रले नेपाली इनिङ्स सम्हाल्न प्रयास गरेका थिए । दीपेन्द्रले ८४ बल खेली ६ चौका प्रहार गरे ।

कुशल भुर्तेल ६ र सोमपाल कामी ३ रनमा आउट भए । कुशललाई पनि आउट गरेका आयनले १० ओभरमा ४ मेडन राख्दै १४ रन खर्चे । करण केसी ३ रनमा आउट भए । गुलशन झा १९ र ललित राजवंशी ६ रनमा अविजित रहे । ९ जना बलर प्रयोग गरेको यूएईबाट बसिल अहमदले २ तथा रोहन मुस्ताफा र जाहुर खानले १–१ विकेट लिए ।

यसअघि नेपालले त्रिवि क्रिकेट मैदान कीर्तिपुर टस जितेपछि ब्याटिङमा आएको यूएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाई २ सय ६३ रन बनाएको थियो । मोहम्मद वासिम र वृत्य अर्विन्दले १५ ओभर भित्र ७५ रन जोडेर यूएईलाई राम्रो सुरुआत दिलाएका थिए । गुलशन झाले वासिमलाई बोल्ड गरि यो साझेदारी तोडेका थिए । सोही ओभरमा उनले कप्तान सीपी रिजवानलाई एलबीडब्लू आउट गरेपछि नेपालको आशा जगाएका थिए ।

वासिमले ४१ बल खेलि ६ चौका र १ छक्का प्रहार गरी ४४ रन बनाए । २७ औं ओभरमा दीपेन्द्रसिंह ऐरीले अर्विन्दलाई आउट गरे । अर्विन्दले ८२ बल खेली ६ चौका प्रहार गर्दै ४० रन बनाए । टोलीमा पुनरागमन जनाएका रोहन मुस्ताफाले अर्धशतक बनाए । नेपालविरुद्ध प्राय: राम्रो खेल्दै आएका उनले ७३ बल खेली ७ चौका प्रहार गरी ५३ रन बनाए ।

त्यसपछिका तीन विकेट नेपालले रनआउटमा लिएको थियो । अलिसान सराफुले २९ रन बनाए । ३९ बल खेल्दै २ चौका प्रहार गरेका उनलाई कप्तान रोहित पौडेल र आसिफले मिलेर आउट गरे । बसिल हमिदले १४ रन बनाए । आयन खान र अहमद राजाले सातौं विकेटमा ४८ रनको साझेदारी गरि यूएईलाई मजबुत स्थितिमा ल्याए । आयनले २८ बल खेली १ चौका र १ छक्का प्रहार गरि २६ रन बनाए ।

गुलशनले ६ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले १ विकेट लिनेक्रममा १० ओभरमा ६७ रन खर्चे । दीपेन्द्रले ८ ओभरमा ३० रन खर्चेर १ विकेट लिए । ललित राजवंशीले कुनै विकेट नलिए पनि १० ओभरमा १ मेडन राख्दै ३६ रनमात्र खर्चे ।

लोकप्रिय

अस्पताल सार्न पाइदैन भन्दै स्थानीयले गरे नगरपालिका घेराउ

रौतहट, २४ साउन । आधारभूत अस्पताल सार्न पाइदैन, यथास्थानमा बन्नु पर्ने माग राख्दै मंगलवार वृन्दावन नगरपालिकाको कार्यालयलाई स्थानीय बासिन्दाहरुले २ घण्टा सम्म...

रौतहट ग्रान्डी हस्पिटल गरुडाले ल्यायो आमा सुरक्षा कार्यक्रम

सिएच कुमार महतो, रौतहट ,१५ फागुन । रौतहट जिल्ला मा पहिलोपटक प्राइभेट अस्पतालमा आमा सुरक्षा कार्यक्रम आएको छ...

मेरो क्षेत्रबासिले मलाई फेरि अपार बहुमतले जिताउछन् -पुर्व मन्त्री प्रभु साह

त्यतिमात्र नभै पुरै क्षेत्रभरी निसुल्क ग्यांस सिलिन्डर चुल्हो बितरण,प्रत्येक बिधालयमा छात्रालाई निशुल्क साईकल बितरण,जेहेन्दार छात्रालाई निसुल्क ल्यापटप समेत बितरण गरेको बताए ।...

Related Articles

नेपाल भारत सम्बन्ध अदभूत : माधव नेपाल

प्रेमचन्द्र झाराैतहट, चैत्र ११। नेकपा एकीकृत समाजवादीका केन्द्रीय अध्यक्ष माधव कुमार नेपालले नेपाल भारत सम्बन्ध अदभूत रहेकाे कुरा बताएका छन ।नेपाल -...

हर्साहामा ४ कोठे सुविधा सम्पन्न स्वास्थ्य चौकी भवनको शिलान्यास

रौतहट, ११ चैत । बृन्दावन नगरपालिकाको वडा नं ६ हर्साहामा ४ कोठे सुबिधा सम्पन्न आधारभुत स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ ।

३३ लाख जनता इन्धनका लागि अझै दाउराकै भरमा

नेपालमा  कुल परिवारमध्ये ५१ प्रतिशत परिवार अझै खाना पकाउनका लागि दाउराकै भर पर्दै आएका छन्।  शुक्रबार सार्वजनिक भएको राष्ट्रिय...