Friday, March 29, 2024

सर्वोच्चको आदेश : ललितपुर-३ मा तोसिमा कार्कीको उम्मेदवारी कायम

ताजा / भरखरै प्राप्त

नेपाल मेडिकल काउन्सिलको सदस्य रहेकाले उनले लाभको पद लिएको र त्यस्तो व्यक्ति उम्मेदवार बन्न अयोग्य हुने भन्दै निर्वाचन आयोगले कार्की उम्मेदवारी खारेज गरेको थियो । त्यसविरुद्ध सर्वोच्च पुगेकी कार्कीको निवेदनमा सुनुवाइ गर्दै यसअघि न्यायाधीश कुमार चुडालको इजलासले उम्मेदवारी कायम गर्न अन्तरिम आदेश दिएको थियो ।

कार्कीको उम्मेदवारी कायम गर्ने गरी जारी भएको अन्तरिम आदेश खारेज गर्न माग गर्दै (भ्याकेट) निर्वाचन आयोग सर्वोच्च अदालत गएको थियो । आयोगको उक्त निवदेनमाथि सुनुवाइ गर्दै सोमबार सर्वोच्च अदालतले पुरानै आदेशलाई निरन्तरता दिने आदेश गरेको सर्वोच्च अदालतका सहायक प्रवक्ता देवेन्द्र ढकालले इकान्तिपुरलाई जानकारी दिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles