Saturday, March 25, 2023

देशभरको निर्वाचन सुरक्षा चुस्त, गृहले भन्यो– निर्धक्क भएर मताधिकार प्रयोग गर्नू

ताजा / भरखरै प्राप्त

नेपाल भारत सम्बन्ध अदभूत : माधव नेपाल

प्रेमचन्द्र झाराैतहट, चैत्र ११। नेकपा एकीकृत समाजवादीका केन्द्रीय अध्यक्ष माधव कुमार नेपालले नेपाल भारत सम्बन्ध अदभूत रहेकाे कुरा बताएका छन ।नेपाल -...

हर्साहामा ४ कोठे सुविधा सम्पन्न स्वास्थ्य चौकी भवनको शिलान्यास

रौतहट, ११ चैत । बृन्दावन नगरपालिकाको वडा नं ६ हर्साहामा ४ कोठे सुबिधा सम्पन्न आधारभुत स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ ।

३३ लाख जनता इन्धनका लागि अझै दाउराकै भरमा

नेपालमा  कुल परिवारमध्ये ५१ प्रतिशत परिवार अझै खाना पकाउनका लागि दाउराकै भर पर्दै आएका छन्।  शुक्रबार सार्वजनिक भएको राष्ट्रिय...

नेपालको जनसंख्या वृद्धिदर वि.सं. १९९८ यताकै सबैभन्दा कम, ०.९२ प्रतिशतमा झर्‍यो

जनसंख्या वृद्धिदर वि.सं. १९९८ पछि सबैभन्दा कम घटेको छ। उक्त वर्ष १.२७ प्रतिशत रहेकोमा अहिले ०.९२ प्रतिशतमा झरेको छ। 

मिटरब्याजी पीडितका समस्या समाधान गर्न सरकार तयार

चैत १० , काठमाडौँ । मिटरब्याजीविरुद्ध आन्दोलनरत किसानका समस्या समाधान गर्न सरकारले पहल थालेको छ।  महोत्तरीको बर्दिवासदेखि काठमाडौँसम्मको यात्रामा निस्किएका...

सरकारले निर्वाचन केन्द्रित सम्पूर्ण सुरक्षा व्यवस्थाको तयारी पूरा भएको जनाएको छ। गृह मन्त्रालयले आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहीत वातावरणमा सम्पन्न गराउनका लागि आवश्यक सुरक्षाको प्रवन्ध मिलाइएको जनाएको हो।

गृह सचिव विनोदप्रकाश सिंहका अनुसार भयरहित वातावरणमा निर्वाचन गराउन सरकार सक्षम रहेको र भरपर्दो सुरक्षा व्यवस्थाको सुनिश्चितता गरिएको भन्दै निर्धक्क भएर मताधिकार प्रयोग गर्न आग्रह गरे।

‘प्रतिनिधि सभा र प्रदेश सभाको आसन्न निर्वाचनको लागि भरपर्दो सुरक्षा व्यवस्थालाई सुनिश्चितता गरिएको छ। हामीले सातै प्रदेशमा
प्रदेशस्तरीय सुरक्षा गोष्ठीहरु सम्पन्न गरिसकेका छौँ,’ सिंहले भने, ‘त्यसबाट प्रदेश र जिल्लास्तरका सुरक्षा निकायहरुसँग, समितिहरुसँग छलफल भएको छ। त्यहाँ सबै ठाउँको प्रतिवेदनको आधारमा हेर्दा सुरक्षा व्यवस्था चुस्त छ,’

देशका सबै ठाउँका मतदान केन्द्रहरुमा सुरक्षा व्यवस्था चुस्त रहेको र निर्धक्क भइ मतदान गर्नसक्ने वातावरण तयार गर्न सुरक्षा निकायहरु सक्षम रहेको बताए। 

‘हामीले हरेक मतदान स्थलहरुलाई सामान्य, संवेदनशील र अति संवेदनशील गरी सुरक्षा प्रयोजनलाई वर्गीकरण गरेका छौँ। तदनुरुप नै सुरक्षाकर्मीहरु सम्पूर्ण मतदान स्थलहरुमा र मतदान केन्द्रहरुमा सुरक्षाका लागि खटिसकेका छन्,’ उनले भने, ‘निर्वाचनको दिन र निर्वाचन भन्दा अघिको मौन अवधिमा पनि सम्पूर्ण रुपमा सुरक्षा प्रवन्धहरु गरेका छौँ। त्यसले आसन्न निर्वाचनमा भयरहीत र शातिन्पूर्ण निर्वाचन गराउन सक्षम हुनेछौं। भयरहीत वातावरणमा मतदाताले मतदान गर्न पाउने कुरा सुनिश्चित गरिएकाले निर्धक्क भइ मताधिकारको प्रयोग गर्न आग्रह गर्दछु।’

गृहसचिव सिंहले उम्मेदवारको सुरक्षा, मतदाताको सुरक्षा, निर्वाचनमा खट्ने कर्मचारीको सुरक्षा र निर्वाचन सामग्रीको सुरक्षाको उचित प्रवन्ध
मिलाउने कार्यका लागि सुरक्षाकर्मीहरु निर्वाचन केन्द्रमा पुगिसकेको बताए। 

उनले मतदान स्थलहरुलाई सामान्य, संवेदनशील र अति संवेदनशील गरी तीन तहमा वर्गिकरण गरेर आवश्यकता अनुसारको सुरक्षाको व्यवस्था मिलाइएको पनि जानकारी दिए।

देशभर कुल १० हजार ८ सय ९२ वटा मतदान स्थलहरु र २२ हजार २ सय २७ वटा मतदान केन्द्रहरु रहेका छन्।

लोकप्रिय

अस्पताल सार्न पाइदैन भन्दै स्थानीयले गरे नगरपालिका घेराउ

रौतहट, २४ साउन । आधारभूत अस्पताल सार्न पाइदैन, यथास्थानमा बन्नु पर्ने माग राख्दै मंगलवार वृन्दावन नगरपालिकाको कार्यालयलाई स्थानीय बासिन्दाहरुले २ घण्टा सम्म...

रौतहट ग्रान्डी हस्पिटल गरुडाले ल्यायो आमा सुरक्षा कार्यक्रम

सिएच कुमार महतो, रौतहट ,१५ फागुन । रौतहट जिल्ला मा पहिलोपटक प्राइभेट अस्पतालमा आमा सुरक्षा कार्यक्रम आएको छ...

मेरो क्षेत्रबासिले मलाई फेरि अपार बहुमतले जिताउछन् -पुर्व मन्त्री प्रभु साह

त्यतिमात्र नभै पुरै क्षेत्रभरी निसुल्क ग्यांस सिलिन्डर चुल्हो बितरण,प्रत्येक बिधालयमा छात्रालाई निशुल्क साईकल बितरण,जेहेन्दार छात्रालाई निसुल्क ल्यापटप समेत बितरण गरेको बताए ।...

Related Articles

नेपाल भारत सम्बन्ध अदभूत : माधव नेपाल

प्रेमचन्द्र झाराैतहट, चैत्र ११। नेकपा एकीकृत समाजवादीका केन्द्रीय अध्यक्ष माधव कुमार नेपालले नेपाल भारत सम्बन्ध अदभूत रहेकाे कुरा बताएका छन ।नेपाल -...

हर्साहामा ४ कोठे सुविधा सम्पन्न स्वास्थ्य चौकी भवनको शिलान्यास

रौतहट, ११ चैत । बृन्दावन नगरपालिकाको वडा नं ६ हर्साहामा ४ कोठे सुबिधा सम्पन्न आधारभुत स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ ।

३३ लाख जनता इन्धनका लागि अझै दाउराकै भरमा

नेपालमा  कुल परिवारमध्ये ५१ प्रतिशत परिवार अझै खाना पकाउनका लागि दाउराकै भर पर्दै आएका छन्।  शुक्रबार सार्वजनिक भएको राष्ट्रिय...