Saturday, March 25, 2023

चुनाव प्रचारप्रसारको अन्तिम दिन‚ आज मध्यरातदेखि स्थिर समय

ताजा / भरखरै प्राप्त

नेपाल भारत सम्बन्ध अदभूत : माधव नेपाल

प्रेमचन्द्र झाराैतहट, चैत्र ११। नेकपा एकीकृत समाजवादीका केन्द्रीय अध्यक्ष माधव कुमार नेपालले नेपाल भारत सम्बन्ध अदभूत रहेकाे कुरा बताएका छन ।नेपाल -...

हर्साहामा ४ कोठे सुविधा सम्पन्न स्वास्थ्य चौकी भवनको शिलान्यास

रौतहट, ११ चैत । बृन्दावन नगरपालिकाको वडा नं ६ हर्साहामा ४ कोठे सुबिधा सम्पन्न आधारभुत स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ ।

३३ लाख जनता इन्धनका लागि अझै दाउराकै भरमा

नेपालमा  कुल परिवारमध्ये ५१ प्रतिशत परिवार अझै खाना पकाउनका लागि दाउराकै भर पर्दै आएका छन्।  शुक्रबार सार्वजनिक भएको राष्ट्रिय...

नेपालको जनसंख्या वृद्धिदर वि.सं. १९९८ यताकै सबैभन्दा कम, ०.९२ प्रतिशतमा झर्‍यो

जनसंख्या वृद्धिदर वि.सं. १९९८ पछि सबैभन्दा कम घटेको छ। उक्त वर्ष १.२७ प्रतिशत रहेकोमा अहिले ०.९२ प्रतिशतमा झरेको छ। 

मिटरब्याजी पीडितका समस्या समाधान गर्न सरकार तयार

चैत १० , काठमाडौँ । मिटरब्याजीविरुद्ध आन्दोलनरत किसानका समस्या समाधान गर्न सरकारले पहल थालेको छ।  महोत्तरीको बर्दिवासदेखि काठमाडौँसम्मको यात्रामा निस्किएका...


मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको ‘स्थिर समय’ आज राति १२ बजेदेखि शुरू हुँदैछ।

१ मंसिर, २०७९। स्थिर समयमा निर्वाचन प्रचारप्रसारको कुनै पनि कार्य गर्न नपाइने निर्वाचन आयुक्त एवं केन्द्रीय आचारसंहिता अनुगमन समिति संयोजक रामप्रसाद भण्डारीले जानकारी दिए। स्थिर समय निर्वाचन हुनुभन्दा ४८ घण्टाअघि शुरू हुने उनले बताए। 

निर्वाचन कसूर तथा सजाय ऐन दफा २४ को उपदफा ५ मा उल्लेख छ‚ “कसैले पनि मतदान हुने दिनभन्दा अठ्चालीस घण्टा अघिदेखि मतगणनाको काम पूरा नभएसम्म कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउन वा आयोजना गर्न, जुलूस निकाल्न वा नाराबाजी गर्न तथा अन्य कुनै पनि प्रकारले प्रचारप्रसार गर्न वा गराउन हुँदैन।”

स्थिर समय मतदान शुरू हुने समयभन्दा अघिका ४८ घण्टालाई लिइने आयुक्त भण्डारीले जानकारी दिए। “हाम्रो मतदान मंसीर ४ गते बिहान ७ बजेबाट शुरू हुन्छ‚” उनले प्रष्ट्याए‚ “त्यसबाट ४८ घण्टा तानेर ल्याउँदा मंसीर १ गते राति १२ बजेबाट निर्वाचनको प्रचारप्रसार सम्बन्धी सम्पूर्ण कामहरू निषेध हुन्छ।”

‘स्थिर समय’ लाई यसअघि ‘मौन अवधि’ र ‘शून्य समय’ भनिंदै आएको थियो। किन अहिले स्थिर समय भनियो? निर्वाचन आयुक्त भण्डारी भन्छन्‚ “पहिला यसलाई मौन अवधि भनी सम्बोधन गरिएको रहेछ। हामीले त्यो मौन अवधि कहाँ छ भनी कानूनमा हेर्‍यौं। कहीं पनि मौन अवधि भन्ने शब्द परेको रहेनछ। त्यसपछि त्यसलाई मौन अवधि भनेर मानेनौं। योभन्दा अगाडि शून्य समय भन्यौं। तर‚ ४८ घण्टाको त्यो समयलाई स्थिर समय सम्बोधन गर्न उचित हुन्छ भन्ने हामीलाई लाग्छ।”

निर्वाचन आयोगले कात्तिक १७ देखि मंसीर १ गतेसम्म दल तथा उम्मेदवारले आमसभा, जुलूस, कोणसभा जस्ता कार्यक्रम र सञ्चार माध्यमको प्रयोग गरेर पनि प्रचारप्रसार गर्न पाइने व्यवस्था गरेको थियो।

लोकप्रिय

अस्पताल सार्न पाइदैन भन्दै स्थानीयले गरे नगरपालिका घेराउ

रौतहट, २४ साउन । आधारभूत अस्पताल सार्न पाइदैन, यथास्थानमा बन्नु पर्ने माग राख्दै मंगलवार वृन्दावन नगरपालिकाको कार्यालयलाई स्थानीय बासिन्दाहरुले २ घण्टा सम्म...

रौतहट ग्रान्डी हस्पिटल गरुडाले ल्यायो आमा सुरक्षा कार्यक्रम

सिएच कुमार महतो, रौतहट ,१५ फागुन । रौतहट जिल्ला मा पहिलोपटक प्राइभेट अस्पतालमा आमा सुरक्षा कार्यक्रम आएको छ...

मेरो क्षेत्रबासिले मलाई फेरि अपार बहुमतले जिताउछन् -पुर्व मन्त्री प्रभु साह

त्यतिमात्र नभै पुरै क्षेत्रभरी निसुल्क ग्यांस सिलिन्डर चुल्हो बितरण,प्रत्येक बिधालयमा छात्रालाई निशुल्क साईकल बितरण,जेहेन्दार छात्रालाई निसुल्क ल्यापटप समेत बितरण गरेको बताए ।...

Related Articles

नेपाल भारत सम्बन्ध अदभूत : माधव नेपाल

प्रेमचन्द्र झाराैतहट, चैत्र ११। नेकपा एकीकृत समाजवादीका केन्द्रीय अध्यक्ष माधव कुमार नेपालले नेपाल भारत सम्बन्ध अदभूत रहेकाे कुरा बताएका छन ।नेपाल -...

हर्साहामा ४ कोठे सुविधा सम्पन्न स्वास्थ्य चौकी भवनको शिलान्यास

रौतहट, ११ चैत । बृन्दावन नगरपालिकाको वडा नं ६ हर्साहामा ४ कोठे सुबिधा सम्पन्न आधारभुत स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ ।

३३ लाख जनता इन्धनका लागि अझै दाउराकै भरमा

नेपालमा  कुल परिवारमध्ये ५१ प्रतिशत परिवार अझै खाना पकाउनका लागि दाउराकै भर पर्दै आएका छन्।  शुक्रबार सार्वजनिक भएको राष्ट्रिय...