Wednesday, May 22, 2024

राैतहट प्रहरीले ९लाख ८८हजार बराबरको मालसामान गरे पक्राउ

ताजा / भरखरै प्राप्त

प्रेमचन्द्र झा
राैतहट, पुस २२। ईलाका प्रहरी कार्यालय, चन्द्रनिगाहपुररौतहटले ९लाख ८८हजार बराबरको मालसामान गरे पक्राउ गरेका छन ।

ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले गोप्य सूचनाको अधारमा खटिएको प्रहरी गस्ती टोलीले जिल्ला रौतहटले चन्द्रपुर नपा वडा नं. ०४ गौर-चन्द्रपुर सडक खण्डमा जिल्ला सर्लाही हरिवन न.पा.वडा नं.०५ वस्ने अं. वर्ष ३३ को विनोद महतोले चलाएको प्रदेश २-०२-००१ च ०२४३ नम्वरको पिकअप गाडी रोकी राखेको अवस्थामा चेकचाँज गर्दा गाडी भित्र रहेको गुटखा लगायतका किराना सर-समान पक्राउ गरेको हो ।

सो मालसामानको विल विजक माग गरी हेर्दा बिल विजक बमोजिमको सर-सामानहरु नदेखिएकोले सर-सामानहरु लगायत पिकअप र चालक समेत नियन्त्रणमा लिई अन्दाजी मुल्य रु.९,८८,३८०।- बराबरको मालसामान सहित पिकअप बरामद गरी चालकलाई समेतलाई आवश्यक कारवाहीको लागि शुक्रवार राज्श्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएकोछ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles