Wednesday, May 22, 2024

देवाही गोनही नगरपालिकामा सुरक्षीत विद्यालय पुनः संचालन सम्बन्धि कार्यशाला

ताजा / भरखरै प्राप्त

प्रेमचन्द्र झा
राैतहट, पुस १४ ।देवाही गोनही नगरपालिकामा सुरक्षीत विद्यालय पुनः संचालन सम्बन्धि विद्यालय स्तरीय दुई दिवसिय कार्याशाला गोष्ठी सफलतपुर्वक शनिवार सम्पन्न भएकोछ । देवाही गोनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल साहको अध्यक्षतामा भएको सो कार्याशालामा नगर भरीका विधालयका प्रधानध्यापक, शिक्षाक, विद्यालय ब्यवस्थपन प्रतिनिधि, बाल कल्वका पदाधिकारी सहितको उपस्थिति रहयो ।

कार्यशालामा प्रशिक्षक इश्वर दत्त जोशी र कृष्ण कुमार साह सहजिकरण गर्नु भयो । नगरपालिका अन्तर्गत रहेका विद्यालयहरुको विधालय सुधार योजना , विद्यालय बिपद पुर्व तयारी प्रतिकार्य योजना तयारी गर्नमा सहयोग गर्ने मुख्य उदेश्यले कार्यशाला आयोजना गरिएको हो ।

भुकम्प प्रविधी राष्ट्रिय समाज नेपालको आयोजनामा र युनिसेफ नेपाल र युरोपियन युनियन नेपालको आर्थिक सहयोगमा नगरपालिकाको शिक्षा समूह प्रबलिकरन कार्यक्रम रौतहट जिल्लाको देवाही गोनही, यमुनामाइ, राजदेवी, गरुडा , चन्द्रपुर, बृन्दाबन, फतुवा बिजयपुर र गुजरा नगरपालिकामामा पछिल्लो एक वर्ष देखि कार्यक्रम संचालन हुँदै आएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles