Sunday, March 26, 2023

सरकारबाट न्याय नपाएपछि सर्लाहीका सुदखोरपीडित फेरि धर्नामा

ताजा / भरखरै प्राप्त

नेपाल भारत सम्बन्ध अदभूत : माधव नेपाल

प्रेमचन्द्र झाराैतहट, चैत्र ११। नेकपा एकीकृत समाजवादीका केन्द्रीय अध्यक्ष माधव कुमार नेपालले नेपाल भारत सम्बन्ध अदभूत रहेकाे कुरा बताएका छन ।नेपाल -...

हर्साहामा ४ कोठे सुविधा सम्पन्न स्वास्थ्य चौकी भवनको शिलान्यास

रौतहट, ११ चैत । बृन्दावन नगरपालिकाको वडा नं ६ हर्साहामा ४ कोठे सुबिधा सम्पन्न आधारभुत स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ ।

३३ लाख जनता इन्धनका लागि अझै दाउराकै भरमा

नेपालमा  कुल परिवारमध्ये ५१ प्रतिशत परिवार अझै खाना पकाउनका लागि दाउराकै भर पर्दै आएका छन्।  शुक्रबार सार्वजनिक भएको राष्ट्रिय...

नेपालको जनसंख्या वृद्धिदर वि.सं. १९९८ यताकै सबैभन्दा कम, ०.९२ प्रतिशतमा झर्‍यो

जनसंख्या वृद्धिदर वि.सं. १९९८ पछि सबैभन्दा कम घटेको छ। उक्त वर्ष १.२७ प्रतिशत रहेकोमा अहिले ०.९२ प्रतिशतमा झरेको छ। 

मिटरब्याजी पीडितका समस्या समाधान गर्न सरकार तयार

चैत १० , काठमाडौँ । मिटरब्याजीविरुद्ध आन्दोलनरत किसानका समस्या समाधान गर्न सरकारले पहल थालेको छ।  महोत्तरीको बर्दिवासदेखि काठमाडौँसम्मको यात्रामा निस्किएका...

मिटर ब्याजपीडितहरूले न्याय माग गर्दै सर्लाहीको लालबन्दीमा अनिश्चितकालीन धर्ना सुरु गरेका छन्। धर्नामा महिला-पुरुष गरी ५० जना पीडित सहभागी छन्। 

लालबन्दी नगरपालिका-१ नवलपुरस्थित पूर्वपश्चिम राजमार्गछेउमा आइतबारदेखि उनीहरू धर्ना बसेका हुन्। धर्ना आज (सोमबार) पनि जारी छ। 

धर्नामा सहभागी पीडितहरूले दृष्टिबन्धक खारेज गर, राजीनामा पास फिर्ता गर, जाली तमसुक मान्दैनौँ, हाम्रो जमिन फिर्ता गर, गरिब मारा मिटरब्याजी मुर्दावादजस्ता नारा लेखिएका प्लेकार्ड र ब्यानर बोकेका छन्।

न्यायका लागि आफूहरूले चार वर्षदेखि चरणबद्ध आन्दोलन गरे पनि न्याय पाउन नसकेपछि फेरि धर्ना बस्नुपर्ने अवस्था सिर्जना भएको मिटरब्याज पीडित संघर्ष समिति (सर्लाही) की संयोजक रुक्मिणी चौधरीले बताइन्। 

‘हामीले चार वर्षअघिदेखि मिटरब्याजको विरोधमा आन्दोलन गर्दै आए पनि अझै न्याय पाउन सकेका छैनौँ,’ चौधरीले भनिन्, ‘सरकारले केही सुदखोरलाई पक्राउ गरे पनि पीडितलाई कानुनी रुपमा ऋणमुक्त गर्नेतिर आवश्यक कदम चालेको छैन।’ 

धर्नास्थलमा पुगेर सर्लाहीको हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकीले पनि मिटरब्याजबाट पीडितहरूको आन्दोलनमा ऐक्यबद्धता जनाएका छन्। 

माओवादी केन्द्रका नेतासमेत रहेका बुढाथोकीले विगतदेखि नै सर्लाहीमा सुदखोरविरोधी आन्दोलनको नेतृत्व गरिरहेका छन्। 

तीन वर्षअघि सर्लाहीका मिटरब्याज पीडितहरू काठमाडौंको माइतीघर मण्डलामा धर्ना बसेपछि मिटरब्याजबाट पीडितहरूको समस्या उजागर भएको थियो।

पीडितहरूको चर्को दबाबपछि सरकाले श्याम परदेशी, रामबाबु राय लगायत सर्लाहीका केही सुदखोरलाई पक्राउ गरेको थियो। हाल उनीहरू पुर्पक्षको लागि थुनामा छन्। 

लालबन्दी ३ सिसुवाका कल्पनाथ चौधरीले श्याम परदेशीको मिटरब्याजबाट आफ्नो सबै जायजेथा सकिएको गुनासो गरे। 

‘मैले ऊसँग लिएको जम्मा एक लाख रुपैयाँ हो,’ नेपालखबरसँग चौधरीले भने, ‘एक वर्षभित्रै मैले उसलाई एक लाखको अढाई लाख रुपैयाँ तिरेँ। तर, उसले मलाई कागज दिएन। मलाई एक लाख रुपैयाँ दिएर १० लाखको कागज बनाएको रहेछ। अहिले त्यसको ब्जाय र स्याजले मेरो भएको एक कठ्ठा घडेरी पनि अदालतले लिलाम गरेको छ।’ 

अदालतका कर्मचारीसँगको मिलेमतोमा सुदखोरहरूले फर्जि कागज देखाएर मुद्दा हाल्ने र पीडितको जायजेथा लिलाम हुने क्रम बढ्दै गएको संघर्ष समितिकी संयोजक चौधरीले बताइन्।

लोकप्रिय

अस्पताल सार्न पाइदैन भन्दै स्थानीयले गरे नगरपालिका घेराउ

रौतहट, २४ साउन । आधारभूत अस्पताल सार्न पाइदैन, यथास्थानमा बन्नु पर्ने माग राख्दै मंगलवार वृन्दावन नगरपालिकाको कार्यालयलाई स्थानीय बासिन्दाहरुले २ घण्टा सम्म...

रौतहट ग्रान्डी हस्पिटल गरुडाले ल्यायो आमा सुरक्षा कार्यक्रम

सिएच कुमार महतो, रौतहट ,१५ फागुन । रौतहट जिल्ला मा पहिलोपटक प्राइभेट अस्पतालमा आमा सुरक्षा कार्यक्रम आएको छ...

मेरो क्षेत्रबासिले मलाई फेरि अपार बहुमतले जिताउछन् -पुर्व मन्त्री प्रभु साह

त्यतिमात्र नभै पुरै क्षेत्रभरी निसुल्क ग्यांस सिलिन्डर चुल्हो बितरण,प्रत्येक बिधालयमा छात्रालाई निशुल्क साईकल बितरण,जेहेन्दार छात्रालाई निसुल्क ल्यापटप समेत बितरण गरेको बताए ।...

Related Articles

नेपाल भारत सम्बन्ध अदभूत : माधव नेपाल

प्रेमचन्द्र झाराैतहट, चैत्र ११। नेकपा एकीकृत समाजवादीका केन्द्रीय अध्यक्ष माधव कुमार नेपालले नेपाल भारत सम्बन्ध अदभूत रहेकाे कुरा बताएका छन ।नेपाल -...

हर्साहामा ४ कोठे सुविधा सम्पन्न स्वास्थ्य चौकी भवनको शिलान्यास

रौतहट, ११ चैत । बृन्दावन नगरपालिकाको वडा नं ६ हर्साहामा ४ कोठे सुबिधा सम्पन्न आधारभुत स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ ।

३३ लाख जनता इन्धनका लागि अझै दाउराकै भरमा

नेपालमा  कुल परिवारमध्ये ५१ प्रतिशत परिवार अझै खाना पकाउनका लागि दाउराकै भर पर्दै आएका छन्।  शुक्रबार सार्वजनिक भएको राष्ट्रिय...