Sunday, March 26, 2023

पैदल यात्रीलाई ठक्कर दिएर फरार टिपर सीसीटीभी फुटेजको आधारमा नियन्त्रणमा

ताजा / भरखरै प्राप्त

नेपाल भारत सम्बन्ध अदभूत : माधव नेपाल

प्रेमचन्द्र झाराैतहट, चैत्र ११। नेकपा एकीकृत समाजवादीका केन्द्रीय अध्यक्ष माधव कुमार नेपालले नेपाल भारत सम्बन्ध अदभूत रहेकाे कुरा बताएका छन ।नेपाल -...

हर्साहामा ४ कोठे सुविधा सम्पन्न स्वास्थ्य चौकी भवनको शिलान्यास

रौतहट, ११ चैत । बृन्दावन नगरपालिकाको वडा नं ६ हर्साहामा ४ कोठे सुबिधा सम्पन्न आधारभुत स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ ।

३३ लाख जनता इन्धनका लागि अझै दाउराकै भरमा

नेपालमा  कुल परिवारमध्ये ५१ प्रतिशत परिवार अझै खाना पकाउनका लागि दाउराकै भर पर्दै आएका छन्।  शुक्रबार सार्वजनिक भएको राष्ट्रिय...

नेपालको जनसंख्या वृद्धिदर वि.सं. १९९८ यताकै सबैभन्दा कम, ०.९२ प्रतिशतमा झर्‍यो

जनसंख्या वृद्धिदर वि.सं. १९९८ पछि सबैभन्दा कम घटेको छ। उक्त वर्ष १.२७ प्रतिशत रहेकोमा अहिले ०.९२ प्रतिशतमा झरेको छ। 

मिटरब्याजी पीडितका समस्या समाधान गर्न सरकार तयार

चैत १० , काठमाडौँ । मिटरब्याजीविरुद्ध आन्दोलनरत किसानका समस्या समाधान गर्न सरकारले पहल थालेको छ।  महोत्तरीको बर्दिवासदेखि काठमाडौँसम्मको यात्रामा निस्किएका...

फागुन १५ , रुपन्देही। रातको समयमा महेन्द्र राजमार्गमा हिँडिरहेका पैदल यात्रीलाई ठक्कर दिई फरार रहेको टिपर र चालकलाई प्रहरीले २४ घण्टाभित्र पक्राउ गरेको छ।

यही फागुन १२ गते रातको ११ः४५ बजे रुपन्देही जिल्लाको सैनामैना नगरपालिकाको–८ सूर्यनगरस्थित पूर्वपश्विम महेन्द्र राजमार्गको छेउमा एकजना पुरुष चोटपटक लागि गम्भीर घाइते भई लडिरहेको अवस्थामा फेला परेका थिए। 

प्रहरीलाई खबर हुनासाथ घटनास्थलमा ईलाका प्रहरी कार्यालय सालझण्डीबाट प्रहरी पुगी टाउकोमा गहिरो चोटलागी गम्भीर घाइते रहेका नाम थर तत्काल नखुलेका पुरुषलाई उद्धार गरी लुम्बिनी प्रादेशिक अस्पतालको आकस्मिक कक्षमा उपचारको लागि पठाइएको थियो।

एक्लै पैदल हिँडिरहेका पाल्पा जिल्ला रैनादेवी छहरा ८ घर भएका ३१ वर्षिया पुरन पेग्नी मगरलाई ठक्कर दिएको खुलेपनि ठक्कर दिने सवारी पत्ता लागिसकेको थिएन। 

तत्पश्चात ईलाका प्रहरी कार्यालय सालझण्डीबाट प्रहरी स्थलगत रुपमा खटिई अनुसन्धान गर्दा ६ चक्के टिपरले ठक्कर दिएको देखिएको प्रहरीले जनाएको छ। पछि थप अनुसन्धानकै क्रममा उक्त टिपर पहेलो रंगको भएको र महेन्द्र राजमार्गबाट भित्री सडकखण्डमा गई फरार रहेको विभिन्न सीसीटीभी फुटेजको अनुसन्धानबाट खुल्न आयो।

त्यसपछि उक्त टिपरको खोजि गर्दा अर्को दिन दिउँसो मात्र सैनामैना नगरपालिका ७ आमी भन्ने स्थानमा घर पछाडिको भागमा एउटा पहेँलो टिपर फेला पर्यो र फेला परेको टिपरसँग घटनालाई तुलनात्मक अनुसन्धान गर्दा सोहि टिपरले नै पुरन पेग्मीलाई ठक्कर दिई फरार भएको खुलेपछि प्रहरीले तत्काल २३ वर्षीय धन बहादुर थारुलाई पक्राउ गरेको हो।

पक्राउ परेका टिपर चालकलाई ईलाका प्रहरी कार्यालय सालझण्डीमा राखी सवारी अंगभंग मुद्दामा म्याद थप गरी थप अनुसन्धान भैरहेको छ।

घाइते रहेका पुरन पेग्नी मगरको टाउकोमा गहिरो चोट देखिएको छ भने हाल उनलाई लुम्बिनी प्रादेशिक अस्पतालमा नै राखेर उपचार गरिएको छ।

लोकप्रिय

अस्पताल सार्न पाइदैन भन्दै स्थानीयले गरे नगरपालिका घेराउ

रौतहट, २४ साउन । आधारभूत अस्पताल सार्न पाइदैन, यथास्थानमा बन्नु पर्ने माग राख्दै मंगलवार वृन्दावन नगरपालिकाको कार्यालयलाई स्थानीय बासिन्दाहरुले २ घण्टा सम्म...

रौतहट ग्रान्डी हस्पिटल गरुडाले ल्यायो आमा सुरक्षा कार्यक्रम

सिएच कुमार महतो, रौतहट ,१५ फागुन । रौतहट जिल्ला मा पहिलोपटक प्राइभेट अस्पतालमा आमा सुरक्षा कार्यक्रम आएको छ...

मेरो क्षेत्रबासिले मलाई फेरि अपार बहुमतले जिताउछन् -पुर्व मन्त्री प्रभु साह

त्यतिमात्र नभै पुरै क्षेत्रभरी निसुल्क ग्यांस सिलिन्डर चुल्हो बितरण,प्रत्येक बिधालयमा छात्रालाई निशुल्क साईकल बितरण,जेहेन्दार छात्रालाई निसुल्क ल्यापटप समेत बितरण गरेको बताए ।...

Related Articles

नेपाल भारत सम्बन्ध अदभूत : माधव नेपाल

प्रेमचन्द्र झाराैतहट, चैत्र ११। नेकपा एकीकृत समाजवादीका केन्द्रीय अध्यक्ष माधव कुमार नेपालले नेपाल भारत सम्बन्ध अदभूत रहेकाे कुरा बताएका छन ।नेपाल -...

हर्साहामा ४ कोठे सुविधा सम्पन्न स्वास्थ्य चौकी भवनको शिलान्यास

रौतहट, ११ चैत । बृन्दावन नगरपालिकाको वडा नं ६ हर्साहामा ४ कोठे सुबिधा सम्पन्न आधारभुत स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ ।

३३ लाख जनता इन्धनका लागि अझै दाउराकै भरमा

नेपालमा  कुल परिवारमध्ये ५१ प्रतिशत परिवार अझै खाना पकाउनका लागि दाउराकै भर पर्दै आएका छन्।  शुक्रबार सार्वजनिक भएको राष्ट्रिय...