Saturday, July 13, 2024

उपराष्ट्रपति बनेको खुशीयालिमा रौतहटको विभिन्न ठाउँमा दिप-प्रजवल्न

ताजा / भरखरै प्राप्त

रौतहट, चैत ५ । गणतन्त्र नेपालको तेस्रो नवनिर्वाचित उपराष्ट्रपति रासहायप्रसाद यादव बन्नुभएको अवसरमा दुर्गा भगवती गाउँपालिका वडा नं. ४ पचरुखिको छतैना टोलमा दिप प्रजवल्न गरि खुशियाली मनाइएको छ ।

दुर्गा भगवती गाउँपालिका वडा नं. ४ छतैना टोलका स्थानीय चौधरी रायको आयोजनाना उपराष्ट्रपतिमा निर्वाचित हुनुभएका यादवको खुशीयालिमा दिप प्रजवल्न गरिएको थियोे ।
सो दीप-प्रजवल्न कार्यक्रममा दुर्गा भगवती गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष रामानन्द यादव लगायत दर्जनौं स्थानीयहरुको सहभागिता रहेको थियोे ।

साथै रौतहटको विभिन्न ठाउँमा उपराष्ट्रपति मा. रामसहाय प्रसाद यादव बन्नुभएको अवसरमा दीप-प्रजवल्न कार्यक्रम मनाइएको हो सोही क्रममा जसपा नेपाल रौतहटको आयोजनामा बेलुका सदरमुकाम गौरको मधेशी क्रान्ति चौकमा सयकडौं नेता तथा कार्यकर्ताको उपस्थितिमा दिप प्रजलन गरि खुशियाली मनाइएको थियो ।

शुक्रबार भएको निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार यादव ३० हजार ३२८ मतभारका साथ उपराष्ट्रपति निर्वाचित भएका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles