Sunday, June 4, 2023

हर्साहामा ४ कोठे सुविधा सम्पन्न स्वास्थ्य चौकी भवनको शिलान्यास

ताजा / भरखरै प्राप्त

महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट

१६ जेठ, काठमाडौं । महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट भएको छ । महोत्तरी गाउँपालिकास्थित एनएमबि बैंकको शाखाबाट हतियारधारी समूहले रकम लुटपाट गरेको...

आफ्नो नाम भजाएर राजनीतिक पार्टी विस्तार भइरहेको भन्दै हर्क साम्पाङको आपत्ति

जेठ १६ , काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्क साम्पाङले आफ्नो नाम लिएर कसैले आफ्नो राजनीतिक पार्टी विस्तार गरिरहेको दाबी गर्दै आपत्ति...

हवाई यात्रामा हट्यो कोभिड खोप अनिवार्यको नियम

१६ जेठ, काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय हवाई यात्रुका लागि नेपालमा अनिवार्य गरेको पीसीआर नेगेटिभ रिर्पोट तथा कोभिड खोप लगाएको प्रमाणपत्र साथमा बोक्नु...

गौर नगरप्रमुखको एक वर्षे उपलब्धि सार्वजनिक

प्रेमचन्द्र झा । रौतहट : रौतहट गौर नगरपालिकाका नगरप्रमुख शम्भु साहले एक वर्षे उपलब्धि सार्वजनिक गरेका छन् । सो अवधिमा वर्षौदेखिको अलपत्र...

२०० करोड भारु कमाउँदै ‘केरला स्टोरी’ बन्यो सर्वकालीन ब्लकबस्टर

काठमाडौं । भारतीय फिल्म ‘द केरला स्टोरी’को कमाइले पछिल्लो समय रिलिज भएका शाहरुख खानको ‘पठान’ बाहेकका सबैजसो फिल्मलाई उछिनेको छ । फिल्मले...

रौतहट, ११ चैत । बृन्दावन नगरपालिकाको वडा नं ६ हर्साहामा ४ कोठे सुबिधा सम्पन्न आधारभुत स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ ।

बृन्दावन नगरपालिकाका मेयर बिनोद प्रसाद कुर्मीले भवन शिलान्यास गरेका हुन् । लामो समयको प्रतीक्षापछि वडामा पहिलोपटक स्वास्थ्य चौकी स्थापना भई भवन निर्माणको शिलान्यास भएपछि स्थानीयले खुसी व्यक्त गरेका छन् ।

उक्त अवसरमा नगरपालिकाका मेयर कुर्मीले जनताहरूका आधारभूत तहको आवश्यकता स्वास्थ्य सेवा र सुविधा प्राप्त गर्नु रहेकोले यो सेवा प्रदान गर्न आफ्नो र नगरबाट कुनै कसर बाँकी नराख्ने बताए ।

भौतिक पूर्वाधार र उपकरण नहुँदा यहाँका बासिन्दालाई अलि ठूलो स्वास्थ्य समस्या हुने बित्तिकै चपुर, सदरमुकाम गौर, बिरगंज, भरतपुर वा काठमाडौं जानुपर्ने बाध्यता थियो अब त्यस्तो समस्या सधैंको लागि हटने आफ्नै वडामा पहिलोपटक स्वास्थ चौकीको लागि निर्माण कार्य हुदा सेवा लिन पाईने मेयर कुर्मीले बताएका छन् ।

भवनको शिलान्यासपछि मेयर कुर्मीले ६ नम्बरका जनतालाई गुणस्तरीय सेवा दिनका लागि सुविधा सम्पन्न भवनले सहज हुने बताए । उहाँले निर्माण व्यवसायीलाई भवनको गुणस्तर कायम गरी समयमै निर्माण कार्य सम्पन्न गर्न आग्रह गर्नुभयो ।

भवन निर्माणका लागि रु ५० लाख टेन्डर गरिएको थियो सो कार्य बजरंगी निर्माण सेवा कटहरियाले भवन निर्माण कार्यको जिम्मा लिएको नगरपालिका कार्यालयले बताएको छ ।

निर्माण कम्पनीसँग यहीँ आर्थिक बर्ष २०७९/०८० मा सम्झौता भएको र यसै आर्थिक वर्षको जेष्ठ महिनाभित्रको अन्त्य सम्म पूर्ण रूपमा निर्माण कार्य सम्पन्न हुने जिन्सी प्रमुख रासनारायण पटेलले बताए ।
बृन्दावन नगरपालिकाका वडा नं ६ का वडाअध्यक्ष मजहर मनसुरीको अध्यक्षता भएको शिलान्यास कार्यक्रममा उपमेयर, वडाअध्यक्ष, जनप्रतिनिधि लगायत अन्य जनसमुदायको उपस्थिति रहेका थिए ।

लोकप्रिय

अस्पताल सार्न पाइदैन भन्दै स्थानीयले गरे नगरपालिका घेराउ

रौतहट, २४ साउन । आधारभूत अस्पताल सार्न पाइदैन, यथास्थानमा बन्नु पर्ने माग राख्दै मंगलवार वृन्दावन नगरपालिकाको कार्यालयलाई स्थानीय बासिन्दाहरुले २ घण्टा सम्म...

रौतहट ग्रान्डी हस्पिटल गरुडाले ल्यायो आमा सुरक्षा कार्यक्रम

सिएच कुमार महतो, रौतहट ,१५ फागुन । रौतहट जिल्ला मा पहिलोपटक प्राइभेट अस्पतालमा आमा सुरक्षा कार्यक्रम आएको छ...

आइबिए बिधालयकी जेसिका साह बनिन उत्कृष्ट वक्ता

रौतहट, २८ भदौ । रौतहट सदरमुकाम गौर स्तिथ राइस मिल को सभा हलमा एस आर एच मिडिया नेपाल को आयोजनामा अन्तर बिध्यालय...

Related Articles

महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट

१६ जेठ, काठमाडौं । महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट भएको छ । महोत्तरी गाउँपालिकास्थित एनएमबि बैंकको शाखाबाट हतियारधारी समूहले रकम लुटपाट गरेको...

आफ्नो नाम भजाएर राजनीतिक पार्टी विस्तार भइरहेको भन्दै हर्क साम्पाङको आपत्ति

जेठ १६ , काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्क साम्पाङले आफ्नो नाम लिएर कसैले आफ्नो राजनीतिक पार्टी विस्तार गरिरहेको दाबी गर्दै आपत्ति...

हवाई यात्रामा हट्यो कोभिड खोप अनिवार्यको नियम

१६ जेठ, काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय हवाई यात्रुका लागि नेपालमा अनिवार्य गरेको पीसीआर नेगेटिभ रिर्पोट तथा कोभिड खोप लगाएको प्रमाणपत्र साथमा बोक्नु...