Sunday, June 4, 2023

उपाध्यक्ष केदार न्यौपानेले छाडे एकीकृत समाजवादी, राजीनामा स्वीकृत

ताजा / भरखरै प्राप्त

महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट

१६ जेठ, काठमाडौं । महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट भएको छ । महोत्तरी गाउँपालिकास्थित एनएमबि बैंकको शाखाबाट हतियारधारी समूहले रकम लुटपाट गरेको...

आफ्नो नाम भजाएर राजनीतिक पार्टी विस्तार भइरहेको भन्दै हर्क साम्पाङको आपत्ति

जेठ १६ , काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्क साम्पाङले आफ्नो नाम लिएर कसैले आफ्नो राजनीतिक पार्टी विस्तार गरिरहेको दाबी गर्दै आपत्ति...

हवाई यात्रामा हट्यो कोभिड खोप अनिवार्यको नियम

१६ जेठ, काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय हवाई यात्रुका लागि नेपालमा अनिवार्य गरेको पीसीआर नेगेटिभ रिर्पोट तथा कोभिड खोप लगाएको प्रमाणपत्र साथमा बोक्नु...

गौर नगरप्रमुखको एक वर्षे उपलब्धि सार्वजनिक

प्रेमचन्द्र झा । रौतहट : रौतहट गौर नगरपालिकाका नगरप्रमुख शम्भु साहले एक वर्षे उपलब्धि सार्वजनिक गरेका छन् । सो अवधिमा वर्षौदेखिको अलपत्र...

२०० करोड भारु कमाउँदै ‘केरला स्टोरी’ बन्यो सर्वकालीन ब्लकबस्टर

काठमाडौं । भारतीय फिल्म ‘द केरला स्टोरी’को कमाइले पछिल्लो समय रिलिज भएका शाहरुख खानको ‘पठान’ बाहेकका सबैजसो फिल्मलाई उछिनेको छ । फिल्मले...

नेकपा एकीकृत समाजवादीका केन्द्रीय उपाध्यक्ष केदारप्रसाद न्यौपानेले पार्टी छाडेका छन्।

नेकपा एमालेमै फर्किन लागेको चर्चा चलिरहेका बेला मंगलबार बसेको समाजवादीको सचिवालयको बैठके उनको राजीनामा स्वीकृत गरेको हो। 

एक महिना अघिदेखि नै उनले समाजवादी छाड्ने चर्चा गृहजिल्ला मकवानपुरमा चलिरहेको थियो। 

अध्यक्ष माधव नेपालसमेतको उपस्थितिमा मंगलबार आलोकनगरमा बसेको बैठकले पार्टीका उपाध्यक्ष न्यौपाने र स्थायी कमिटी सदस्य चुडामणि जङ्गलीले दिएको राजीनामा सचिवालयको बैठकले स्वीकृत प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए। 

पछिल्लो समय न्यौपाने एमालेमा फर्कन लागेको संकेत गर्दै एमाले मकवानपुरका नेताहरूले भेटघाटका तस्बिर सार्वजनिक गरिरहेका थिए।

एमाले मकवानपुरका सचिव नवीन सिग्देलले यसअघि नै समाजिक सञ्जालमा न्यौपानेसँगका तस्बिरहरु सार्वजनिक गर्दै सम्झनलायक क्षण भनेका थिए।

तत्कालीन नेकपाको पोलिटब्युरो सदस्य तथा एमालेमा २०४५ सालदेखि पटकपटक केन्द्रीय सदस्यको भूमिका निर्वाह गरेका न्यौपाने एमाले विभाजनसँगै एकीकृत समाजवादीको उपाध्यक्ष बनेका थिए।

एमालेमा रहँदा माधव नेपाल पक्षका न्यौपाने भने एकीकृत समाजवादीभित्र एमालेसँग मिल्नुपर्ने लाइनका मुख्य नेता थिए।

उनका दाइसमेत रहेका माधव नेपालका विश्वासिला पात्र मुकुन्द न्यौपानेले यसअघि एमालेसँग मिल्नुपर्ने विषय पार्टी कमिटी बैठकमै उठाएका थिए।

एकीकृत समाजवादीभित्र न्यौपाने दाजुभाइसहित धेरै नेताहरू एमालेसँग मिलेर बलियो कम्युनिस्ट शक्ति निर्माण गर्नुपर्नेमा निरन्तर जोड दिइरहेका छन्।

लोकप्रिय

अस्पताल सार्न पाइदैन भन्दै स्थानीयले गरे नगरपालिका घेराउ

रौतहट, २४ साउन । आधारभूत अस्पताल सार्न पाइदैन, यथास्थानमा बन्नु पर्ने माग राख्दै मंगलवार वृन्दावन नगरपालिकाको कार्यालयलाई स्थानीय बासिन्दाहरुले २ घण्टा सम्म...

रौतहट ग्रान्डी हस्पिटल गरुडाले ल्यायो आमा सुरक्षा कार्यक्रम

सिएच कुमार महतो, रौतहट ,१५ फागुन । रौतहट जिल्ला मा पहिलोपटक प्राइभेट अस्पतालमा आमा सुरक्षा कार्यक्रम आएको छ...

आइबिए बिधालयकी जेसिका साह बनिन उत्कृष्ट वक्ता

रौतहट, २८ भदौ । रौतहट सदरमुकाम गौर स्तिथ राइस मिल को सभा हलमा एस आर एच मिडिया नेपाल को आयोजनामा अन्तर बिध्यालय...

Related Articles