Friday, June 21, 2024

गौर नगरप्रमुखको एक वर्षे उपलब्धि सार्वजनिक

ताजा / भरखरै प्राप्त

प्रेमचन्द्र झा । रौतहट : रौतहट गौर नगरपालिकाका नगरप्रमुख शम्भु साहले एक वर्षे उपलब्धि सार्वजनिक गरेका छन् । सो अवधिमा वर्षौदेखिको अलपत्र सडक, नाला तथा विद्यालय भवन बनाएको उनले दाबी गरेका छन् । एक वर्षे कार्यकालमा नगरभित्रका ३ किलोमिटर आरसीसी सडक ढलान, ३ किलो मिटर नाला, १ किलो मिटर सडक ग्रावेल र १ किलो मिटर नयाँ सडक ट्रयाक खोलेको नगरप्रमुख साहले बताए ।

उनले टाउन हल, विवाह मण्डप, स्मार्ट सिटी अन्तर्गत भित्री बाटो बन्दै गरेको पनि बताए । झुलुङ्गे पुल, कलाकुञ्ज पुस्तकालय, नाला,  विद्युत् पोल, बानेश्वर मन्दिर, राम जानकी मन्दिर, विभिन्न विद्यालयमा तल्ला थप्ने काम समेत एक वर्षको अवधिमा भएको उनको भनाइ छ । मधेश प्रदेशमा न्यूनतम सर्त मापन कार्यमा १ सय  ३६ मध्ये नगरपालिका पहिलो भएको पनि उनले जानकारी गराए । सो अवसरमा नगर उपप्रमुख शैलदेवी, निमित्त प्रमुख प्रशासकीय अधिकृत सुभाष ठाकुर, नगर प्रवक्ता अर्जन सिंहसहितका वडा अध्यक्षहरुको उपस्थिति रहेको थियो । 

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles