Saturday, September 23, 2023

सर्लाहीमा दलितलाई जातीय विभेद र कुटपिट गरेको आरोपमा वडाध्यक्षविरुद्ध जाहेरी

ताजा / भरखरै प्राप्त

कांग्रेस रौतहटद्वारा आज बीपी जयन्तीको,सम्झनामा विभिन्न कार्यक्रम गरी मनाइयो

प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ११० औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज मुलुकभर मनाइएको छ । नेपालमा प्रजातन्त्रको स्थापनाका...

कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन गर्ने निर्णय गरेको छ । आज दिउँसो बसेको बोर्ड बैठकले नतिजा प्रकाशन...

दशौं महाधिवेशनपछि पहिलो पटक ओली–रावल संवादमा जुटे

साउन ३० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र भीम रावलबीच भेटवार्ता भएको छ। रावलले मंगलबार दिउँसो च्यासलस्थित पार्टी केन्द्रीय कार्यालय...

गौर हत्याकाण्ड पीडितको आक्रोश : सत्ता गठबन्धनले जंगलराज फर्काउन खोज्यो

रौतहटको गौरमा २०६३ चैत ७ गते २७ जना माओवादी कार्यकर्ताहरुको ज्यान जाने गरी भएको हत्यकान्डको छानबिन अघि नबढाउने सत्ता गठबन्धनको निर्णयमा पीडित पक्षले कडा...

कांग्रेस सांसद सुनिल शर्मा पक्राउ

नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेका छन्। मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद...

सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष श्याम थापासहित स्थानीय तीन व्यक्तिविरुद्ध जातीय विभेद र छुवाछूत आरोपमा प्रहरी कार्यालयमा जाहेरी परेको छ। 

स्थानीय ६५ वर्षीय जनकबहादुर विक, ४५ वर्षीया सुमित्रा विक र २३ वर्षीय रवि विकले जातीय भेदभाव र छुवाछूत कसुरअन्तर्गत वडाध्यक्ष ६५ वर्षीय श्याम थापा, उनका छोरा ३२ वर्षीय हिमाल थापा र स्थानीय ३८ वर्षीय राजेन्द्र खड्काविरुद्ध  आज (मंगलबार) बयलबासस्थित इलाका प्रहरी कार्यालयमा संयुक्त रूपमा जाहेरी दिएका हुन्। 

जाहेरीअनुसार घटना गत असार १७ गतेको हो। त्यस दिन साँझ वडाध्यक्ष श्याम थापाका छोरा हिमाल रक्सीले मातेर घरमै आई स्थानीय वृद्ध जनक विकलाई एक्कासि जातीय रूपमा होच्याउने गाली गर्दै कुटपिट गरेको आरोप लगाइएको छ। त्यस क्रममा घटनास्थल पुगेका जनकका भतिज रवि र भाइबुहारी सुमित्रालाई समेत हिमाललगायत उनले बोलाएका गैरदलित समुदायका व्यक्तिहरूले लछारपछार पार्दै कुटेको आरोप जाहेरीमा लगाइएको छ। 

जाहेरीमा अगाडि लेखिएको छ, ‘…झडपमा रमा खड्का तथा रेखा खड्काले यी चौरीका कमिनी, डंकिनी, डुम्नीहरू धेरै चढिएका छन्, ठीक लगाउनुपर्छ भन्दै आक्रमण गरेको र पछि झडप साम्य गर्न लाग्दा राजेन्द्र खड्काले निवेदन सुमित्रा विकलाई टिपेर पछारेको र ऐ ऐ बस्ने अनिता कार्कीसमेतले लाठी प्रहार गरी हामी जाहेरवालातर्फको सुमित्रा विश्वकर्मासहित चार/पाँच जना सख्त घाइते हुनुभयो…।’

यसपछि इलाका प्रहरी कार्यालय (बयलबास) मा दुवै पक्षलाई राखेर गरिएको छलफलमा पनि वडाध्यक्षका छोरा हिमाल थापाले गल्ती महसुस गर्नुको साटो प्रहरीकै सामुन्ने जातीय अपमानजनक शब्द प्रयोग गरी उल्टै धम्क्याउँदै छलफलस्थलबाट हिँडेको आरोप पीडित दलितहरूले लगाएका छन्। 

जाहेरीमा भनिएको छ, ‘…प्रहरी कर्मचारीहरूको सामुन्ने नै निज हिमाल थापाले पुनः जातीय विभेद हुनेगरी ‘यी दमाई कामीहरूलाई त जुत्ताको तल धुलो बनाएर राख्नुपर्छ, अब यिनीहरूलाई कसरी ठीक लगाउने हो, मैले जानेको छु’ भन्दै वडाध्यक्षको छोरा हुँ भन्ने पदीय र जातीय दम्भ देखाउँदै आफूले गरेको गल्तीको कुनै किसिमको क्षमायाचना नै नगरी छलफलको कुनै टुंगोमा नै नपुगी छलफल स्थलबाट हिँड्नुभयो…।’

लोकप्रिय

अस्पताल सार्न पाइदैन भन्दै स्थानीयले गरे नगरपालिका घेराउ

रौतहट, २४ साउन । आधारभूत अस्पताल सार्न पाइदैन, यथास्थानमा बन्नु पर्ने माग राख्दै मंगलवार वृन्दावन नगरपालिकाको कार्यालयलाई स्थानीय बासिन्दाहरुले २ घण्टा सम्म...

रौतहट ग्रान्डी हस्पिटल गरुडाले ल्यायो आमा सुरक्षा कार्यक्रम

सिएच कुमार महतो, रौतहट ,१५ फागुन । रौतहट जिल्ला मा पहिलोपटक प्राइभेट अस्पतालमा आमा सुरक्षा कार्यक्रम आएको छ...

धनुषा क्षेत्र नम्बर ३ मा एमाले नेतृ जुलीकुमारी महतोद्वारा उम्मेदवारी घोषणा

नेकपा एमालेकी पोलिटब्युरो सदस्य जुलीकुमारी महतोले धनुषाको क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी घोषणा गरेकी छन् । अगामी मंसिर...

Related Articles

कांग्रेस रौतहटद्वारा आज बीपी जयन्तीको,सम्झनामा विभिन्न कार्यक्रम गरी मनाइयो

प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ११० औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज मुलुकभर मनाइएको छ । नेपालमा प्रजातन्त्रको स्थापनाका...

कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन गर्ने निर्णय गरेको छ । आज दिउँसो बसेको बोर्ड बैठकले नतिजा प्रकाशन...

दशौं महाधिवेशनपछि पहिलो पटक ओली–रावल संवादमा जुटे

साउन ३० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र भीम रावलबीच भेटवार्ता भएको छ। रावलले मंगलबार दिउँसो च्यासलस्थित पार्टी केन्द्रीय कार्यालय...