Saturday, September 23, 2023

गौर हत्याकाण्ड पीडितको आक्रोश : सत्ता गठबन्धनले जंगलराज फर्काउन खोज्यो

ताजा / भरखरै प्राप्त

कांग्रेस रौतहटद्वारा आज बीपी जयन्तीको,सम्झनामा विभिन्न कार्यक्रम गरी मनाइयो

प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ११० औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज मुलुकभर मनाइएको छ । नेपालमा प्रजातन्त्रको स्थापनाका...

कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन गर्ने निर्णय गरेको छ । आज दिउँसो बसेको बोर्ड बैठकले नतिजा प्रकाशन...

दशौं महाधिवेशनपछि पहिलो पटक ओली–रावल संवादमा जुटे

साउन ३० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र भीम रावलबीच भेटवार्ता भएको छ। रावलले मंगलबार दिउँसो च्यासलस्थित पार्टी केन्द्रीय कार्यालय...

गौर हत्याकाण्ड पीडितको आक्रोश : सत्ता गठबन्धनले जंगलराज फर्काउन खोज्यो

रौतहटको गौरमा २०६३ चैत ७ गते २७ जना माओवादी कार्यकर्ताहरुको ज्यान जाने गरी भएको हत्यकान्डको छानबिन अघि नबढाउने सत्ता गठबन्धनको निर्णयमा पीडित पक्षले कडा...

कांग्रेस सांसद सुनिल शर्मा पक्राउ

नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेका छन्। मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद...

रौतहटको गौरमा २०६३ चैत ७ गते २७ जना माओवादी कार्यकर्ताहरुको ज्यान जाने गरी भएको हत्यकान्डको छानबिन अघि नबढाउने सत्ता गठबन्धनको निर्णयमा पीडित पक्षले कडा आपत्ति जनाएको छ।

सत्ता गठबन्धनको सोमबार बालुवाटारमा बसेको बैठकले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवदसहितलाई अप्ठ्यारो पार्ने अवस्था आएपछि छानबिन अघि नबढाउने निर्णय लिएको थियो।

सरकारले गत साउन २३ गते गौर हत्याकण्ड पीडित संघर्ष समितिसँग गरेको ५ बुँदे सम्झौता कार्यान्वयन नगर्ने दिशामा गठबन्धन अघि बढेपछि पीडितहरु आक्रोशित भएका हुन्। 

गौर हत्याकाण्डका हामी पीडितहरुलाई न्याय तथा अपराधीलाई कानुनी दायरामा ल्याउन गौर हत्याकण्ड पीडित संघर्ष समिति र सरकारबीच भएको पाँच बुँदे सहमतिविपरीत निर्णय गरेर गठबन्धनले देशमा जंगलराज फर्काउन खोजेको जनाइएको छ।

पाँच बुँदे सहमति भएलगतै गौर हत्याकाण्डका अपराधीहरु तनावमा परेका बेला १७ वर्षदेखि न्याय प्राप्तिको पर्खाईमा बसेका पीडित परिवारले छिट्टै न्याय पाउने आश गरेका बेला गठबन्धनको निर्णयले आक्रोश बढाउने पनि उनीहरुले जनाएका छन्।

‘हिजो साँझ सतारूढ दलहरुले आफ्नो भागबन्डाको राजनीति तथा संसदीय अंकगणितको गलत प्रभावमा परेर सहमति पत्रको मसी सुक्न नपाउँदै गैरजिम्मेवार एवम् बेइमानी गर्दै अपराधीहरुलाई जोगाउन गरेको अवैध एवं आपत्तिजनक सम्प्रेषणप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’, संघर्ष समितिकी संयोजक रुपसागरदेवी उपाध्यायले भनेकी छन्, ‘यस गलत कार्यको कडा शब्दमा खुल्ला विरोध एवम् घोर भर्त्सना गर्दछौं।’

सत्तारूढ गठबन्धनको यस कदमले देशमा कानुनी शासन र मानव अधिकारमाथि ठाडो प्रहार गरेको पनि उनले जनाएकी छन्।

‘सत्तारुढ गठबन्धनको यो कदमले सुशासनको सट्टा आमजनतालाई जंगलराजको प्रत्याभूति दिलाउने कार्य भएको आभास हामी पीडित परिवारहरुले गरिरहेका छौं’, संघर्ष समितिले भनेको छ, ‘नेपाल सरकार (राज्य) आफ्नो निर्दिष्ट जिम्मेवारी एवम् उत्तरदायित्वबाट विमुख हुनुको सट्टा समयमै सहमति पत्रलाई इमानदारीपूर्वक अक्षरश: पालना गर्दै कानुन संगत न्यायको पथमा अगाडि बढ्नुपर्ने जोडदार माग  गर्दछौं।’

संघर्ष समितिले आफूहरुका मागहरुलाई सरकारले कुनै पनि बहानामा आफ्नो सत्ता स्वार्थको निम्ति बलि चढाउने दुस्प्रयास गरे कडाभन्दा कडा जनसंघर्षका कार्यक्रम गर्न बाध्य हुनुपर्ने पनि जनाएको छ। 

सभार- नेपाल खबरबाट

लोकप्रिय

अस्पताल सार्न पाइदैन भन्दै स्थानीयले गरे नगरपालिका घेराउ

रौतहट, २४ साउन । आधारभूत अस्पताल सार्न पाइदैन, यथास्थानमा बन्नु पर्ने माग राख्दै मंगलवार वृन्दावन नगरपालिकाको कार्यालयलाई स्थानीय बासिन्दाहरुले २ घण्टा सम्म...

रौतहट ग्रान्डी हस्पिटल गरुडाले ल्यायो आमा सुरक्षा कार्यक्रम

सिएच कुमार महतो, रौतहट ,१५ फागुन । रौतहट जिल्ला मा पहिलोपटक प्राइभेट अस्पतालमा आमा सुरक्षा कार्यक्रम आएको छ...

धनुषा क्षेत्र नम्बर ३ मा एमाले नेतृ जुलीकुमारी महतोद्वारा उम्मेदवारी घोषणा

नेकपा एमालेकी पोलिटब्युरो सदस्य जुलीकुमारी महतोले धनुषाको क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी घोषणा गरेकी छन् । अगामी मंसिर...

Related Articles

कांग्रेस रौतहटद्वारा आज बीपी जयन्तीको,सम्झनामा विभिन्न कार्यक्रम गरी मनाइयो

प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ११० औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज मुलुकभर मनाइएको छ । नेपालमा प्रजातन्त्रको स्थापनाका...

कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन गर्ने निर्णय गरेको छ । आज दिउँसो बसेको बोर्ड बैठकले नतिजा प्रकाशन...

दशौं महाधिवेशनपछि पहिलो पटक ओली–रावल संवादमा जुटे

साउन ३० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र भीम रावलबीच भेटवार्ता भएको छ। रावलले मंगलबार दिउँसो च्यासलस्थित पार्टी केन्द्रीय कार्यालय...