झापाको कमल गाउँपालिका–५ मा विषाक्त जङ्गली च्याउको तरकारी खाँदा बिरामी भएर परिवारै अस्पताल भर्ना भएको छ।

जिल्ला प्रहरी कार्यालय झापाकाअनुसार बुधबार दिउँसो जङ्गलबाट ल्याएको च्याउ पकाएर खाएपछि स्थानीय ५० वर्षीया मीना सार्की तथा उनका दुई छोरा २९ वर्षीय रमेश सार्की र २५ वर्षीय कुमार सार्की सिकिस्त बिरामी परेका हुन्।

तरकारी चाख्ने छिमेकीहरु ७१ वर्षीय दुर्गा जिमी राई र निजकी श्रीमती ५८ वर्षीया मनकुमारी राईसमेत सिकिस्त बिरामी भएका छन्।

पाँचै जनालाई शुरुमा दमकको आम्दा अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । तर, अवस्था गम्भीर भएपछि थप उपचारका लागि बुधबार राति नै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पु¥याइएको छ।