काठमाडौँ — स्वास्थ्य सेवा र शिक्षामा सुधार माग गर्दै अनशन बसेका सत्याग्रही डा. गोविन्द केसीको समर्थनमा शनिबार माइतीघर मण्डलामा युवाहरुले गरेको प्रदर्शनबाट प्रहरीले केही युवाहरुलाई नियन्त्रणमा लिएको छ  ।


प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध प्रदर्शनकारीले नाराबाजी गर्दै ‘सच्चा ओली सडकमा, नक्कली ओली बालुवाटारमा’ लेखिएको ओलीको तस्बिर अंकित पोस्टरसहित युवाहरू प्रस्तुत भएपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।


डा. गाेविन्द केसीकाे समर्थनमा युवाहहरू ‘हाम्राे स्वास्थ्य हाम्रै हातमा, हामी डाक्टर केसीकाे साथमा’, ‘दूरदराजमा मेडिकल शिक्षा खै ?’ लगायतका विभिन्न नारा लेखेका प्लेकार्डसहित प्रस्तुत भएका थिए ।