सांकेतिक तस्वीर कपी

रौतहटमा आधा शरीर जलेको अवस्थामा एक महिलाको शव फेला परेको छ । बिहीबार  बिहान यमुनामाई गाउँपालिका वडा नम्बर ५ झुनखुनुवास्थित बस्ने सुन्दर साहको खेतमा पहिचान खुल्न नसकेको महिलाको शव बरामद भएको प्रहरीले जनाएको छ । 

नामथर वतन नखुलेको अन्दाजी २५ वर्षीय महिलाको शरीर आगोमा आधा जलेको अवस्थामा शव फेला परेको  जिल्ला प्रहरी प्रमुख एसपी सिद्दिविक्रम शाहले बताए । 

 घटना संकास्पद भएकाले विशेषज्ञ कुकुर आइरहेको बताउँदै उनले पहिचान गर्ने सक्ने व्यक्तिहरुले सहयोग गर्न  एसपी साहले अनुरोध गरे । 

मृतकको शव खेतमा जलेकाले पनि कसैले सुनियोजित तरिकाले हत्या गरेको हुनसक्ने प्रहरीले आशंका रहेको छ । सभार रातोपाटी