रौतहट । रौतहटको दुर्गा भगवती गाउँपालिका वडा न ३ का वडा अध्यक्ष डिके झा उर्फ धर्मेन्द्र कुमार झाले मत्सरी निवासी शारीरिक अवस्था एकदम अशक्त तथा आर्थिक रुपले असाध्यै कमजोर रहेको नन्दलाल पन्डितलाई वहाँकै घरमा पुगि नगद ५ हजार आर्थिक सहयोग गरेका छन ।

नन्दलाल पन्डितलाई औषधि किन्नको लागि पनि पैसा अभाव भएको बेला औषधि तथा उपचारको लागी वडा अध्यक्ष डीके झाले आर्थिक सहयोग बापत ५ हजार सहयोग गरेको छ ।

रौतहटको बिभिन्न निकाय र संघ संस्था तथा सरोकारवला निकाय तथा नागरिक समाजसंग थप सहयोग गर्न वडा अध्यक्ष डीके झाले अनुरोध समेत गरेका छन् ।

यो भन्दा पहिला दुर्गा भगवती गाउँपालिका वडा नं. ४ पचरुखीकाे छतौना टाेलमा आगलागी हुदा छतौना टाेल निवासी बिगु बैठाको घर तथा गोठ जलेर नष्ट भएको थियो । आगलागी बाट पिडित भएको परिवारलाई भेटी युवा नेता डिके झाले व्यक्तिगत नगद रु १० हजार सहयोग गरेका थिए ।