रौतहट । रौतहटमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ ।

गौरमा रहेको अस्थायी कोविड अस्पतालमा उपचारका क्रममा रहेका ५ जना र जिल्ला बाहिर अन्य अस्पतालमा उपचारको क्रममा ५ जना गरी १० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

आज मृत्यु भएका ३ जना महिला र ७ जना पुरुष रहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । मृतक एक महिला दुर्गा भगवती गाउँपालिका गापा ३ कि, एक महिला माधवनरायन नपा ७ कि र एक महिला कटहरिया नप ६ की थिइन । साथै मृतक पुरुष एक जना गौर नपा वडा नं. २ का एक जना १ का , एक जना दुर्गा भगवती गाउँपालिका गापा वडा नं. ५ का, एक जना गढिमाइ नपा वडा नं. ३ का एक जना ४ का, एक जनाफतुवा बिजयपुर नपा वडा नं. ८ का र एक जना चन्द्रपुर नपा वडा नं. २ का रहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।

कोरोना संक्रमणका कारण रौतहटमा ४६ जनाले ज्यान गुमाइ सकेका छन ।

रौतहटमा आज थप ३७ जनामा कोविड १९ को संक्रमण पुष्टी भएको छ । यो सँगै जिल्लामा संक्रमितको कुल सँख्या ५७७ पुगेको छ ।