नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झाले मधेश आन्दोलनका शहिद राजकिशोर ठाकुरका परिवारलाइ नगद सहित खाद्यान्न उप्लब्ध गराउनु भएको छ ।

रौतहट फतुवाविजयपुर नगरपालिका वडा नम्बर ०३ घर भइ हाल अमेरिकामा बसोबास गर्दै आइ रहनु भएका युवा नेता तथा सामाजिक अभियन्ता प्रकाश भाइले उप्लब्ध गराउनु भएको १० हजार नगद तथा चामल २५ किलो , दाल ५ किलो, सोयाबिन १ किलो, खानेतेल ०२ लिटर, आलु ५ किलो, प्याज ५ किलो , बिस्कुट १ डिव्वा मधेश आन्दोलनमा रौतहटका प्रथम शहिद ठाकुरका श्रीमती अन्शु देवि ठाकुरलाई हस्तान्तरण गरिएको छ ।

रौतहट इशनाथ नगरपालिका वडा नम्बर ०४ घर भएका शहिद परिवार ठाकुरलाई हस्तान्तरण गर्नु हुँदै नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष झाले अमेरिकाबाट प्रकाश भाइले उप्लब्ध गराउनु भएको नगद तथा सामग्री हस्तान्तरण गर्न पाउँदा खुशी महसुस गरेको बताउनु हुदै सामाजिक अभियन्ता एबम युवा नेता प्रकाश भाइको प्रसंशा गर्नु भएको थियो ।

सो अवसरमा नेपाल पत्रकार महासंघ रौतहट का उपाध्यक्ष प्रवीण कुमार शर्मा , पत्रकार किशोरि यादव , सशस्त्र प्रहरी सहायक निरीक्षक राम बिस्वास यादव लगायतका ब्यक्तिको उपस्थिति रहेको थियो ।

प्रकाश भाइका अनुसार कोरोना महामारिको कारण जारी लकडाउनमा सहिद परिवार समेत प्रभावित भएको आफुले अनुभूति गर्दै सो सहयोग गर्न पाउँदा गौरबान्वित महसुस गरेको बताउनु भएको छ ।