रौतहट । रौतहटको सदरमुकाम गौर बरहवा तालमा आउने बिपद ब्यबस्थापनको लागि पुर्व सुरक्षा अभ्यास मंगलबार देखि सुरु भएको छ ।

तिन सुरक्षा निकाय समाबेश नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले सयुक्त रुपमा अभ्यास जिल्ला सदरमुकाम गौरस्थित बरहवा तालमा ३ दिन सम्म चल्नेछ । बाढी तथा डुवान बाट हुने जोखिम न्युनिकरणका लागि रौतहटमा पुर्वतयारी अभ्यासको गरिएको हो ।

गौर स्थित बरहवा तालमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले पुर्व तयारी अभ्यास गरेका छन ।
मंगलवार बाटशुरु भएको अभ्यास बिहिवार सम्म चल्ने रौतहटका सिडिओ इन्द्रदेव यादवले जानकारी दिएका छन।

बाढी तथा डुवानबाट पिडित रौतहटबासी लाई उद्घार र राहतका लागी यस्ता अभ्यासहरुले थप सहयोग गर्ने बिश्वास लिएको छ ।

रौतहट जिल्लालाई वर्षनि बागमती नदी र बकैया खोलामा आएको बाढीले आक्रन्त जिल्लावासीको जीउ ,धन बचाउनको यो अभ्यास गरिएको हो ।

अभ्यास कार्यक्रममा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव , प्रहरी उपरीक्षक सिद्धीविक्रम शाह् , शास्त्र प्रहरी उपरीक्षक सुरज सेन र नेपाली सेनाका लगायतको सहभागिता रहेको थियो ।