राैतहट २९ जेष्ठ:  रौतहट जिल्लामा कार्यरत एक वार्ड सचिवले गाउमा खानेपानी निर्माणको लागि ३ कठ्ठा जग्गा निशुल्क दिने घोषणा गरेका छन् l जिल्लाको दुर्गा भगवती गाउपालिकाको वार्ड नम्बर ३ का सचिव उमेश चौधरीले निशुल्क जग्गा दान दिने घोषणा गर्नु भएको हो l

” गाउमा पानि ट्यांकी आवस्यक रहेको छ , जग्गा नभएकोले आफ्नै जग्गा दिएर भए पनि ट्यांकी बनाउने घाेषणा गरिएको मत्सरीका वडा अध्यक्ष धर्मेन्द्र कुमार झाले बताए l

नेपाल सरकारका खानेपानि तथा सरसफाई मन्त्रि अनिल झा को पहलमा सो वार्डमा पानि ट्यांकी बन्न लागेको हो l सचिव चौधरी कार्यरत् वार्ड मन्त्रि अनिल झाको ग्रिह गाउ समेत हो l

निशुल्क जग्गा दिने घोषणाको चौतर्फी प्रसंसा भएको छ l जनताकाे लागि हरदम तत्पर रहेका वडा अध्यक्ष डिके झाकाे पहलमा जग्गा उपलब्ध हुन लागेकाे हाे ।