रौतहट । रौतहटको कटहरिया नगरपालिकाका अगामी आर्थिक बर्षको गरिने विकास निर्माण एवं निति कार्यक्रम सम्बन्धी पाँचौं बजेट अधिवेशनको छैठो नगर सभा बिहिवार सम्पन्न भएको छ ।

कटहरिया नगरपालिकाको कार्यालयमा सम्पन्न्न सो नगर अगामी आर्थिक बर्ष २०७८/०७९ को लागि ४२ करोड ७६ लाख २६ हजार रकम विनियोजन गरेको हो ।

न्गरपालिकाले नगरको हरेक घर एवं व्यक्तिहरु विकासको अनुभुति गराउने खालको योजनाहरु संचालन गरी नगर भित्रका वेरोजगार युवायुवतीहरुलाई सिपमुलक तालिमको प्रवन्ध मिलाई आत्मनिर्भर बनाउदै अघि बढ्ने नगर प्रमुख शियाराम कुशवाहाले विश्वास व्यक्त गरे । आन्तरिक आयलाई व्यवस्थित बनाउदै शिक्षा, स्वास्थ्य, खानेपानी सहितको योजनालाई बढि प्राथमिकता दिइएको उनले स्पष्ट पारे ।

कार्यक्रममा कटहरिया नगरपालिकाका उपप्रमुख, वडा अध्यक्षहरु, सदस्यहरु, नागरिक समाज, सुरक्षा निकायका पदाधिकारीहरु ल्गायतका सर्व सधारण जनताको सहभागीता रहेको थियो ।