रौतहट । नगरको विकासको आधरशिला पहिचान गर्दै रौतहटको परोहा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८–०७९ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ ।
परोहा नगरपालिकाका अगामी आर्थिक बर्षको गरिने विकास निर्माण एवं निति कार्यक्रम सम्बन्धी पाँचौें नगर सभा बिहिवार सम्पन्न भएको छ ।

नगरसभाको वैठकमा नगर प्रमुख शेख वकिलले नीति तथा कार्यक्रमसहित आगामी आवका लागि ४४ करोड ७५ लाख ६९ हजार २ सय ६ रुपैया बराबरको बजेट प्रस्तुत गरेका हुन् ।

नगरपालिकाले नगरको हरेक घर एवं व्यक्तिहरु विकासको अनुभुति गराउने खालको योजनाहरु संचालन गरी नगर भित्रका वेरोजगार युवायुवतीहरुलाई सिपमुलक तालिमको प्रवन्ध मिलाई आत्मनिर्भर बनाउदै अघि बढ्ने नगर प्रमुख वकिलले विश्वास व्यक्त गरे । आन्तरिक आयलाई व्यवस्थित बनाउदै शिक्षा, स्वास्थ्य, खानेपानी सहितको योजनालाई बढि प्राथमिकता दिइएको उनले स्पष्ट पारे ।

कार्यक्रममा परोहा नगरपालिकाका उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत ओम प्रकाश यादव, वडा अध्यक्षहरु, सदस्यहरु, नागरिक समाज, सुरक्षा निकायका पदाधिकारीहरु ल्गायतका सर्व सधारण जनताको सहभागीता रहेको थियो ।