रौतहट । कोरोना भाईरस अर्थात कोभीड १९ बाट विश्व अक्रान्त बनेको अवस्थमा रौतहटका पत्रकाहरुहरु समेत प्रभावित रहेको बेला रौतहटको पत्रकारहरुलाई अमेरिकाबाट सहयोग प्राप्त भएको छ ।

मधेशी एसोसीएसन ईन अमेरिकाको सहयोग तथा रौतहटको माधवनारायण नगरपालिकाको मिठुअवमा निवासी हाल अमेरिकामा बस्दै आएका तथा एसोसिएसनका उपाध्यक्ष दिनेश साहको समन्वयमा रौतहटका पत्रकारहरुलाई खाद्ययान, माक्स तथा सेनिटाईज सहयोग भएको आज धान दिवसको अवसरमा नेपाल पत्रकार महासंघ रौतहट शाखाले आयोजना गरेको दहि चिउरा खाने कार्यक्रममा अध्यक्ष प्रेमचन्द्र झाले जानकारी गराएका थिए ।

सहयोग समाग्री वितरण तथा दहि चिउरा खाने कार्यक्रमको प्रमुख अतिथिको रुपमा नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का सदस्य शैलेन्द्र झाले कार्यक्रमलाई सम्बोधन गर्नु हुदै, पत्रकारहरुलाई सहयोग गरेका मधेशी एसोसीएसन अमेरिका तथा उपाध्यक्ष दिनेश साहलाई धन्यावाद दिनु भयो ।

उहाँले, पत्रकारको हकहितको लागि नेपाल सरकार तथा प्रदेश सरकार कुनै कार्य नगरेको गुनासो गर्दै, प्रदेश नं. २ का पत्रकारहरुको हकहितको लागि हामी अगाडी बढीरहेको सदस्य झाले बताए ।कार्यक्रममा रौतहटका पत्रकारहरुको सहभागीता रहेको थियो ।