रौतहट । शहरी विकास मन्त्रालय अन्तरगतको नगर विकास कोषको संचालक समितिमा सन्दिप कुमार मिश्र नियुक्त भएका छन ।

सर्लाही जिल्लाको रामगर गाउँपालिकाका मिश्र समाजशास्त्रमा स्नातकोत्तर गरेको हुन । विभिन्न संघ संस्था मार्फत समाजिक कार्यमा सक्रिय मिश्रलाई दुई वर्षका लागि नियुक्ती दिईएको हो । कोषको लक्ष्य पुरा गर्न आफुले लागन्ने कुरा मिश्रले बताए ।

श्हरी विकास मन्त्रालय अन्तरगत रहेको कोषले ठुला तथा साना शहरको विकास लगायतको क्षेत्रमा काम गर्ने गरेको छ । नगर कोष संचालन समितिको अध्यक्ष शहरी विकास मन्त्रालयका सचिव हुने गरेका छन् ।