धर्मेन्द्र कुमार साह । रौतहट । शहर भरिबाट कालो धुवाको मुस्लो उठ्दै छ । केहि चौकहरु बाहेक प्राय सडकहरुहरुमा डरलाग्दो शान्ति छ ।

अर्थहिन शान्ति,मानविय क्रन्दन र चित्कारले अशान्त बनाइरहेको शान्ति । ति सडकहरुमा आक्रामक फौजी गस्ती हुदैछ l सडकहरु भरि छरिएका ढुङ्गा, सिसा र बोतालाहरुले सहरलाई कुरुप बनाउदै छ । फौजी गस्तीका बिचमा एम्बुलेन्स र पत्रकारको मोटरसाइकलहरु घुम्दैछन l ति सबै डराएका हुन् ।

मानौ सिंगो सहरनै शुन्यमा बिलिन भएको छ l एम्बुलेन्स र फौजी गाडीका साइरनहरुले डरलाग्दो शान्तिको लामो शृंखलालाई बीच बिचमा चुनौती दिनु बाहेक नागरिकहरु आफ्नै घरमा कैद गरिएको छ । अनि सबैको मन भित्र राज्य प्रति चरम अशन्तुश्टी देखिदै छ ।

बिहानको ८ बज्दा सम्म सहरहरु प्राय सुनसान अनि केहि चौकहरुमा युवाहरुको प्रदर्शन सुरु भइ सकेको थियो l मधेशका गाउ गाउहरुमा पहिलो चोटि राजनीतिक आन्दोलन र बिद्रोहले छोएको जस्तो थियो l प्राय गाउका चौकहरुमा निरबिरोध बिरोधहरु हुदै थियो l न प्रहरीको उपस्थ्ति न त् सम्भावित हस्तक्षेपको डरनै ।

मधेशका प्राय सदरमुकाम र अन्य शहरहरु लगभग छाउनीमा परिणत भएको थियो । राज्यले अशोज ३ मा दिपावली गर्न भनि रहदा मधेशका सडकहरु भन्ने धुवा धुवाले भरिएको थियो ल बन्दै गरेको संबिधान पका कतिपय बिधि र प्रक्रिया तथा प्रवाधानको बिरोध गर्दै सडकमा ओर्लेका मधेश थरुहटको निर्बिरोध बिरोधको बाबजुद पनि राज्य बन्दुकको बलमा नै संबिधान जारि गर्न लागेपछि २०७२ सालको अशोज ३ गते तराई मधेशका अधिकांश सहरहरुको अवस्था यसति थियो

सडकको मुख्य भाग र सरकारी भावनाहरु फौजी कब्जामा थिए भन्ने अधिकांश गल्लि, सहरको बाहिरि भाग तथा ग्रामिण क्षेत्रहरुमा भन्ने आम नागरिको बिद्रोह थियो l दिन अगाडि बढ्दै जादा सडक र सदन दुवै तात्दै गयो । सडकमा देखिएका फौजिहरु आक्रामक र निर्मम ढंगले प्रस्तुत हुदै गयो l सहरका गल्लीहरु समेत फौजी कब्जामा परे । शब्दले सुरु भएको नागरिक अबरोध राज्यको बन्दुकले दबाउने काम हुदै गए l अपराहन सम्म मधेशका अधिकांश सडकहरु भन्ने रणभूमिमा परिणत भयो ।

जसरि पनि संबिधान जारि गर्ने राज्यको प्रयासलाई मुर्त रुप दिन फौजी गतिबिधि बढ्दै जादा नागरिक तहमा भन्ने ” देश आफ्नो भए पनि राज्य आफ्नो नभएको” महसुस हुन् थाल्यो l सो दिन तत्कालिन सदभावना पार्टिका नेता अजय गुप्ताले प्रहरीको हिरासतमा रहेका थिए l उनि त्यो दिनलाई कालो दिन भन्न रुचाउछन l अशोज ३ गते लाई स्मरण गर्दै उनि प्रहरी बर्बरता उत्रेको बताउछन । उनि सहित हिरासतमा राखिएका तत्कालिन मधेशी मोर्चाका नेताहरुले सो दिन बिहानै देखि कालो कुर्ता र पैजामा लगाई हिरासत भित्रै बाट कालो दिन मनाएको स्मरण गर्दै उनि हिरासत भित्रै बाट सडकको अवस्था चित्रण गरि हिरासतमा भएका सबै जना चिन्तित भएको बतौछां ।

उनि हिरासतमा रहेको जिल्ला प्रहरी कार्यालय रौतहट गौरको बिपी चौक नजदिकै छन् जहा ३ गते बिहानै देखि प्रदर्शनकारी र प्रहरी बीच भिष्ण संघर्ष हुदै थियो । प्रदर्शनकारीले बोलेको जय मधेशको जवाफमा प्रहरीले बुट र आश्रु ग्यासको गोला बर्साउदै थिए ।

प्रहरीले चलाउदै गरेको बुलेटको अवाज उनि भन्ने हिरासतबाटै सुन्दै थिए l तर उनले भित्र चिन्तित हुनु बाहेक केहि गर्न नसकेको बताउछन l
साझ हुदै जादा गौरका अस्पतालका अधिकांश बेड भरिसकेका थिए l
अनि फेरी अस्पतालमा पनि प्रहरी हमला
अस्पतालमा भएको प्रहरी हस्तक्षेपलाई स्मरण गर्दै रेडक्रसबात खटेका एम्बुलेन्स स्वयंसेवक विश्वनाथ रामले प्रहरीले अस्पताललाई समे नछोडेको सुनाउछन । अस्पताललाईनै लक्षित गर्दै प्रहरीले आस्रु ग्यास प्रहार गरेको बताउदै त्यस घटना पछि अस्पतालमा राखिएका आन्दोलनकारीको उपचार पनि अबरोध भएको थियो ।
घर घरको छतमा कालो झण्डा अनि रेडियो बाट बज्न लागेका अस्वाभाविक धुन
बिरोधको प्रतिक मानिने कालो झण्डा प्राय हरेक छतमा झुण्डाउन थालियो । सहर देखि गाउ सम्म हरेक घरमा कालो झण्डा झ्हुण्ड्याइयो l यी सबै गतिबिधि स्वस्फुर्त रुपमा हुदै थियो । हामि सहितका थकित ,निराश र आहत भएका संचारकर्मीहरु बलेक आउट को समाचार संकलन तिर लाग्न थाल्यौ l यहाबाट प्रसारित हुने अधिकांश सामुदायिक रेडियोहरुबाट अस्वाभाविक रुपमा शोक धुन हरु बज्न थालिसकेको थियो । रेडियोहरुबाट बज्दै गरेको शोकधुन र घर घरमा छाएको अँध्यारोले मधेशको पिडा र बेदना व्यक्त गर्दै थिए l हजारौ लाखौ आन्दोलनकारीहरु थकित र आहत हुदै घाइते अवस्थामा आफ्नै घरको अँध्यारो कोठा भित्र आफुलाई कैद गर्दै थिए । तिनका मन स्थितिमा आफ्नै राज्य ब्यबस्था प्रति चरम असन्तुष्टि र विद्रोहका स्वरहरु गुञ्जिन थालेका थिए । अशोज # गतेको सुर्य आफ्नै गतिमा नियमित र स्वाभाविक ढंगले अस्ताए पनि नेपाल सरहदमा बसोबास गर्ने करिब अधि जनसंख्या भएका मधेशी थारु हरु अलौकिक पिडा र निराशाको घोर अन्धकारमा प्रवेश गरेको आभास गर्दै आफ्नै राज्य संग हारेको अनुभूति गर्दै स्वाभाविक रात्रीलाई अस्वाभाविक तरिकाले ग्रहण गर्यो ।
कुनै पनि मुलुकमा संविधान जारी भए पछि संक्रमणकालको अन्त्य हुने गर्दछ । तर नेपालमा भने २०७२ साल अशोज ३ गते नयाँ संविधान जारी भए पछि संक्रमणकालको अन्त्य नभएर सुरु भएको प्रतीत हुन्छ । यसको प्रत्यक्ष प्रभाव पहिलो संविधान जारी भएको पहिलो बर्षका दिन नै देखियो ।

अशोज ३ गते संविधान दिबशमा देशका आदिवासी जनजाति र मधेशी समूदायले मात्र होइन हिन्दूवादी राजाबादीहरु समेत कालो दिवश भन्दै यसको बिरोध गरे तथा सरकारी दलले औपचारिक कार्यक्रम गरेर खुशीयाली दिबश मनाए । यसरि प्रचार गरी जसरि संबिधानले सबै नेपालीलाई एउटै मालामा जोडन सकेको छैन l अशोज ३ गतेलाई नै सरकारले रास्ट्रिय दिवस भन्न लागेको छ l देशको एक पक्षले अझै पनि संविधानलाई स्वीकार गरि नसकेको र अशोज ३ लाई कालो दिन बताउने गरेकोले अन्नतकाल सम्म पनि अशोज ३ गते नेपालि राजनीति इतिहासको लागि बिबादित दिननै रहने देखिन्छ l राष्ट्रिय दिवस सिंगो राष्ट्रको लागि मान्य हुने तिथि तोक्दा सबैको अपनत्व हुने देखिन्छ l कुनै पनि देशलाई भौगोलिक र बैचारिक पृथकतावादीहरुलाई एक ठाउमा ल्याउन सहज हुन्छ तर बर्ग , जाति तथा क्षेत्रगत रुपमा हुने असन्तुष्टिलाई सहजै हटाउन सकिदैन l हाम्रो अगाडि इतिहास साक्षी छ, २००४ सालमा अन्तरिम बिधान राणाहरुले जारी गर्दा राजनीतिक दलहरुको तर्फबाट बाहेक कतैबाट बिमति आएको थिएन । २०१९ सालमा राजाले निर्दलीय संविधान जारी गर्दा त नेपाली काँग्रेस बाहेक कसैले पनि बिरोध गरेका थिएनन् ।

२०४७ को संबिधान तुलनात्मक रुपमा सब भन्दा कम बिबादित र आलोचित संबिधान थियो l तर संबिधान सभा बाट संबिधान बनाउदा र कथित उत्कृष्ट संबिधान भन्दा पनि २०७२ को संबिधानलाई जान स्तरमा ब्यापक र बिशाल जान समुदायले अस्विकार गरिसकेको छ l आज पनि देशमा ठूलो पङ्ती यो अस्थीरताको उद्गम संविधानसभालाई दिने गर्दछ । पछिल्लो घटना क्रमले तिनै शक्तिहरुलाई थप बल पुर्याएको छ । देशको संविधान नागरिक चाहनाको प्रतिविम्ब हुन नसके पछि यस्तो निश्कर्ष निकाल्नु पर्ने हुन्छ ।