काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा ८९८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार ५५५ पीसीआर परीक्षणमा बिहीबार थप ८९८ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७ लाख ९५ हजार ६१ पुगेको छ ।

यस्तै एन्टिजेन विधिद्वारा गरिएको १ हजार ७८ परीक्षणबाट १८० जनामा पोजिटिभ देखिएको छ ।

२४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको ११ हजार ७६५ परीक्षणमा १ हजार ७८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप ९११ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ७ लाख ६५ हजार ७५८ रहेको छ । नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार १३५ पुगेको छ ।

हालसम्म देशभर ४२ लाख ५ हजार ३८२ नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा २३८ जना रहेका छन् भने आइसोलेसनमा रहनेको संख्या १८ हजार १६८ छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पूर्ण खोप प्राप्त गर्नेको संख्या २ लाख ८९ हजार ३८१ रहेको छ ।