सांकेतिक तस्वीर

रौतहट ।  जिल्ला कारागार रौतहटमा एक कैदीले शौचालयमा पासो लगाएर आत्महत्या गरेका छन ।

देवाही गोनाही नगरपालिका ७ निवासी २६ बर्षिय लडाइ साह तेलिले कारागार भित्रको शौचालयमा झुण्डीएको अवश्थामा फेला परेका हुन । २०७६ बैशाख ४ मा कारागार चलान भएका साहलाई जिल्ला अदालत रौतहटले २१ वर्ष कैद तथा ३० हजार नगद जरिवाना सजाय सुनाएको थियो ।

अपरहण, शरिर बन्धक तथा जर्बजस्ती करणी मुद्दामा सजाय भुक्तान गरिरहेका साह शौचालय भित्र छिरेको लामो समयसम्म पनि बाहिर नआए पछि कैदी बन्दीहरुले भित्र हेर्दा उनी झुण्डीएको अवश्थामा फेला पारेका थिए । शौचालय भित्र तौलियाले पासो लगाएको अवश्थामा फेला परेका साहलाई तत्कालै अस्पताल पु¥याए पनि चिकित्सकले मृत घोषणा गरेको गौर कारागारका निमित कारागार प्रमुख शम्भु प्रसाद यादवले बताए ।

घटनाका बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

सभार – द नेपाल मिडिया