रौतहट । रौतहटको माधव नारायण नगरपालिकाका योजनाको अनुगमन तीब्र रुपले सुरु भएको छ । माधव नारायण नगरपालिकाका नगर प्रमुख बिरेन्द्र प्रसाद यादवको नेतृतवमा नगरपालिका भित्र संचालनमा रहेका योजनाहरुको अनुगमन तिब्र रुपमा भएको देखिएको छ ।

माधव नारायण नगरपालिकाको बजेटबाट नगरपालिका भरि संचालनमा रहेको सबै खालको योजनाको अनुगमनलाई नगरप्रमुख यादवले आफै फिल्डमा खटेर अनुगमन गरिरहेको हेरेर स्थानीयहरू चकित भएको छ ।
मेयर यादव पाहिला देखि नै माधवनारायण नगरपालिका भित्र रहेको योजनाहरुको अनुगमन गर्दै आइरहदा जनताले वहालाई झन् मन पराउन थालेको छ ।

बिकासे योजनाको अनुगमनको क्रममा नगर प्रमुख यादवले गुणस्तरहीन काम गरेको पाए पछि त्यस्ता योजनाको कुनै पनि हालतमा भुक्तानी नहुने बताए । नगर प्रमुख यादव कडा एक्सनमा आए पछि अहिले योजनाहरुको जिम्मा लिएको ब्यक्ति या कन्स्ट्रक्सनको निन्द उड्न थालेको छ ।

बिकाशे योजनाको क्रममा नगरप्रमुख यादवको टोलीले बुधवार माधवनारायण नगरपालिकाको वडा न ९ गढोमा निर्माण भईरहेको सामुदायिक भवन र श्री प्राथमिक बिद्यालय गढो रघुनाथपुरमा अनुगम गर्नु भएको छ । अनुगमनको क्रममा सम्बन्धित निकायलाई तोकेकै समयमा काम सकाउन निर्देशन समेत दिनु भएको छ ।

नगरप्रमुख यादव आफै अनुगमनमा निस्के पछि नगरभरि फेरि मेयरमा वहाकै चर्चा सुरु हुन् थालेको हेरेर विपक्षीको टाउको दुखाई समेत हुन् थालेको एक जना स्थानीयले बताएको छ । आउदो दिनमा पनि आफु नगरको लागि मरी मिटने नगरप्रमुख यादवले प्रतिबद्धता समेत जनाउनु भएको छ ।

उक्त अनुगमन टोलीमा माधावनारायण नगरपालिकाको न ८ को वडा अध्यक्ष जितेन्द्र कुशवाहा . वडा न ३ को वडा प्रत्याशी रामबाहदुर यादव जसपाको नगर अध्यक्ष हरिनारायण यादव . जसपा पार्टीको गढो वडा कमिटि अध्यक्ष सुरेश सहनी,जसपाको प्रदेश सदस्य श्यामबिहारी यादव लगाएतको उपस्थिति रहेको थियो ।