म्याड्रिड — सब्टिच्युट निको गोन्जालेजले खेलको अन्त्यतिर गरेको गोल मद्दतले बार्सिलोनाले स्पेनी ला लिगामा शनिबार एल्चेलाई ३–२ ले हरायो र सबै प्रतियोगितामा गरेर आफ्नो तीन खेलका जितहीन यात्रालाई टुंग्याउन सफल रह्यो ।

बार्सिलोनाले फेरान जुटग्ला र गाभीको गोलले दुई गोलले अग्रता लिएयता एल्चेका लागि टेटे मारेन्टे र पेरे मिलाले गोल फर्काएका थिए । यो बराबरीको स्थितिमा खेल सकिन पाँच मिनेट अगाडि गोन्जालेजले निर्णायक गोल गरे ।

यो जितपछि जाभीको बार्सिलोना सातौं स्थानमा उक्लेको छ र अझै शीर्ष चारबाट तीन अंकले पछाडि छ । लिग तालिकाको शीर्ष स्थानमा रहेको रियल म्याड्रिडसँग भने बार्सिलोना १५ अंकले पछाडि छ ।

शनिबारका अन्य खेलमा दोस्रो स्थानमा रहेको सेभियाले एटलेटिको म्याड्रिडलाई २–१ ले हरायो भने भिल्लारियलले रियल सोसिडाडलाई ३–१ ले पराजित गरेको थियो । यस्तै, रायो भाल्कानो एलाभेसमाथि २–० ले विजयी रह्यो ।