रौतहट । नेपाली कांग्रेस प्रदेश २ को अधिवेशन गएराति आएको मतपरिमाणसँगै सम्पन्न भएको छ ।

नेपाली काँग्रेस प्रदेश २ अधिवेशनमा सभापति शेरबहादुर देउवा पक्षका रौतहटबाट प्रदेश सदस्यमा उम्मेदवार दिएका दुर्गा भगवति गाँउपालीकाका अध्यक्ष अरुण साह लोकप्रिय मत प्राप्त गरी विजय भएका छन् ।

साहले आफ्ना निकटतम प्रतिद्वन्द्वी रामभरोस रायलाई १०६ मतले पछि पार्दै विजयी हासिल गरेका हुन् ।
साहले प्रदेश सदस्यमा ७ सय ५२ मत प्राप्त गरेका भने उनको निकटतम प्रतिद्धन्दि रामभरोस रायले ६ सय ४६ मत प्राप्त गरेका थिए ।

दुर्गा भगवति गाउपालिकाका प्रमुख तथा चर्चित युवा नेता अरुण साहले समेत प्रदेश नं.२ को सदस्य पदमा उम्मेदवारी दर्ता गराएका संगै साहको पक्षमा मतदान गर्न युवा मतदाताहरुमा उत्साह देखिएको थियो ।

प्रदेश सदस्यमा निर्वाचित भए पछि प्रभावकारी न्युज संग कुरा गर्दै साहले सम्पूर्ण नेता, कार्यकर्ता तथा मतदाताहरु लाई धन्यवाद व्यक्त गर्नुका साथै पार्टिले दिएको जिम्मेवारी अनुसारको काम गर्न अझै उत्साह थपिएको प्रतिक्रिया दिएका छन् ।

कृष्णा यादवको प्यानल विजय गराउन देउवा पक्षका नेता तथा गृहमन्त्री बालकृष्ण खाँड, गणेश लामा लगायतका नेताहरु दलबल सहित जनकपुरमा पुगेका थिए ।