राकेश यादव । नेपाल सरकारको श्रम रोजगार तथा सामाजिक मन्त्रालय , उद्योग ,बाणिज्य तथा आपूर्ति मन्त्रालय र स्विस सरकार विकास सहयोगमा सुरक्षित आप्रवासन सामी परियोजना तथा ग्रामिण उधम तथा विप्रेषण आयोजना अन्तर्गत रौतहटको ४ स्थानीय तहको सहकार्यमा संचालन भएको सुरक्षित आप्रवासन केन्द्र को योजना , समिक्षा तथा समन्वय गोष्ठी गौर नगरपालिकाको सभाहलमा विहिवार सम्पन्न भएको छ ।

बैदेशिक रोजगारमा जाने युवाहरुलाई सुरक्षित आप्रवासनको बारेमा जानकारी दिने उदेश्यले लागु गरिएको कार्यक्रमको आगामी योजना नीतिको बारेमा बृहद रुपमा छलफल गर्नको लागि आयोजना गरिएको सो गोष्ठीमा गौर नगरपालिकाको उपप्रमुख किरण कुमारी ठाकुरले सरकारले संचालन गरेको परियोजना अन्तर्गत रहेको सुरक्षित आप्रवासन केन्द्रबाट आवश्यक सल्लाह सुझाव लिएर मात्र बैदेशिक रोजगारमा जान युवाहरुलाई सुझाव दिएका छन् ।

विदेशमा रोजगारी गर्न जाने युवाहरु एजेन्टको प्रलोभनमा परेर अलपत्र पर्नुको साथै ठगीमा पर्न सकिने सम्भावना भएकोले नेपाल सरकारको जिम्मेवार मन्त्रालयको मध्यबाट रोजगारमा जादा भरपर्दो हुने बताए ।

बढी रकम खर्च गरेर विदेशमा गएका कतिपय नेपाली नागरिक अलपत्रमा परेर ठगिमा परेको घटना विभिन्न बेला बेलामा सार्वजनिक हुने भएको सुनाउदै नगर उप्रमुख ठाकुरले जिल्ला प्रसाशन कार्यालय रौतहट र इलाका प्रसाशन कार्यालय गरुडा तथा चन्द्रनिगाहपुरमा स्थापना गरिएको स्रोत केन्द्रबाट सल्लाह सुझाव लिएर मात्र बैदेशिक रोजगारमा जान युवा ,युवतीहरुलाई आग्रह गरे ।

कार्यक्रममा गौर नगरपालिकाको सहकार्यमा संचालित सुरक्षित आप्रवासन स्रोत केन्द्रका सुचना अधिकारी निलु झाले जानकारी विना विदेशमा रोजगारी गर्न जादा ठगिमा पर्नुको साथै अन्य जोखिम रहेको बताए ! उहाले एजेन्टको मार्फत बैदेशिक रोजगारमा गएका युवाहरु ठगीमा परेकोले सामी र समृद्धि परियोजन मार्फत रकम फिर्ता गराईएको जानकारी समेत गराए ।

उहाका अनुसार गन्तव्य मुलुकबाट ८० हजार ९५२ रुपैया , बैदेशिक रोजगार बोर्डबाट १४ लाख , बिमा कम्पनिबाट १४ लाख , म्यान पावरबाट ४ लाख ६५ हजार तथा एजेन्टबाट १० लाख ३४ हजार गरि जम्मा ४३ लाख ७९ हजार ९५२ रुपैया राहत तथा क्षतिपूर्ति स्वरुप रकम सम्वन्धित व्यक्ति तथा परिवारलाइ दिलाइएको छ ।

आप्रवाशन स्रोत केन्द्रबाट २०७७ श्रावन देखि २०७८ अषाढ सम्म १५७ जना महिला र ५ हजार ८ सय ९० गरि ६ हजार ४७ जना राहदानी बनाउनेलाइ सुरक्षित बैदेशिक रोजगार सम्बन्धि परामर्श तथा सुचना प्रदान गरिएको तथ्यांक सार्वजनिक गरे ।

स्रोत केन्द्रबाट सव भन्दा कम सम्पर्कमा चन्द्रपुर नगरपालिकाका १३ जना आएको छ भने बौधीमाइ नपाका ३९१ , वृन्दाबन नपाका ६९ , देवाही गोनाही नपाका ४३२ , दुर्गा भगवती गाउ पालिकाका २४४ , गढ़िमाइ नपाका ४१४ , गरुडा नपाका ५३६ , गौर नगपालिकाका ३३९ , गुजारा नपाका २८ , इशनाथ नपाका ४५४ , कटहरिया नपाका ४२० ,माधव नारायण नपाका ४११ , मौलापुर नपाका २६९ , परोहा नपाका ५३० , फतुवा विजयपुर नपाका २६० ,राजदेवी नपाका ३०४ , राजपुर नपाका ६१९ र यमुनामाइ गाउपलिकाका ३४५ जनाले परामर्श लिएका सुचना अधिकृत झाले बताए ।

गोष्ठीमा सहभागी भएका गौर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष राकेश झा , ३ का वडा अध्यक्ष श्यामसुन्दर पटेल , ७ का वडावडा अध्यक्ष मजहर खा , ९ का वडा अध्यक्ष मोहन सिंह ,गौर नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत सुभाष कुमार ठाकुर , जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक दिनेश कुवर , माण्डवीका निर्देशक अन्जु झा लगायतले आ आफ्नो धारणा राखेका थिए ।