‘चाहे अनुसार जनगणनाको नतिजा आएन, पुनर्गणना गर्नुपर्छ’-पूर्वअर्थमन्त्री पाण्डे

0
491

प्रतिनिधिसभाका सांसदहरुले केन्द्रिय तथ्यांक विभागले सार्वजनिक गरेको १२औं राष्ट्रिय जनगणनाको प्रारम्भिक तथ्यांकको नतिजा तथ्यपरक नभएको भन्दै आपत्ति जनाएका छन्।

मंगलबार प्रतिनिधिसभा अन्तरगतको अर्थ समितिको सिंहदरवारमा बसेको बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे र सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसकी सांसद प्रमिला राईले राज्यको उद्देश्य र जनताले चाहे अनुसार जनगणना नभएको उल्लेख गर्दै पुनर्गणना गर्न समेत माग गरे।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद पाण्डेले काठमाडौंको जनगणनाको प्रारम्भिक नतिजा तथ्यपरक नहुनुको कारण स्पष्ट पार्न केन्द्रिय तथ्यांक विभागसँग माग गरे। उनले काठमाडौंमा सधैं माईग्रेशन बढिरहने तर त्यस अनुपातमा जनसंख्या घटने काम हुनै नसक्ने हुँदाहुँदै पनि तथ्यांक विभागको प्रारम्भिक नजितामा घटेर आउनुको कारण आफूले बुझ्न नसकेको बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here