Tuesday, May 20, 2025

आयोगले सोध्यो मन्त्री यादवसँग स्पष्टीकरण

काठमाडौं-राष्ट्रिय मानवअधिकार आयोगले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवसँग स्पष्टीकरण माग गरेको छ। उत्तेजनापूर्ण अभिव्यक्ति दिएको भन्दै आयोगले स्पष्टीकरण मागेको हो। मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष सीके राउतको हत्या गर्ने अभिव्यक्ति दिएकी थिइन्।

आयोगले मन्त्री यादवले दिएको अभिव्यक्ति र यसबाट सिर्जित अवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाको छ। उक्त घटनाको विषयलाई लिएर आयोगले बिहीबार मन्त्री यादवलाई आयोगमा बोलाई जानकारीसमेत लिएको छ।

मन्त्री यादवले श्रद्धाञ्जलीसभामा आफूले दिएको अभिव्यक्ति अनियन्त्रित र असन्तुलित हुन पुगे पनि कसैप्रति लक्षित र पूर्वाग्रही नरहेको, हिंसा तथा मुठभेड गर्ने आफ्नो मनसाय नरहेको स्पष्टीकरण दिएकी थिइन्।

लोकप्रिय