Friday, June 21, 2024

विमानस्थलबाट सुन र मोबाइलसहित पक्राउ परे मकवानपुरका युवक

ताजा / भरखरै प्राप्त

हेटौँडा-सुन र मोबाइलसहित मकवानपुरका एकजना युवकलाई प्रहरीले पक्राउ गरिएको छ । पक्राउ पर्नेमा मनहरी गाउँपालिका वडा नम्वर ७ बस्ने २८ वर्षीय नवराज परियार रहेका छन् । उनलाई त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलको आगमन टनेल गेटबाट बिहीबार पक्राउ गरेको हो ।

प्रहरीले उनीसहित गौर नगरपालकिा–१० रौतहट सोबगाढाका ३२ वर्षीय सुनील कुमार साह र भोटेकोशी गाउँपालिका–३ सिन्धुपाल्चोकका ३९ वर्षीय दावा छिरिङ शेर्पालाई पनि पक्राउ गरेको छ । हिमालय एयरलाइन्स र एयर अरेबियाको विमानबाट दुबई र सारजहाबाट आएका उनीहरुलाई सुन र मोबाइलसहित पक्राउ गरेको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles