२४ लाख खोप वेबसाइटमा खोज्न आग्रह

0
546

हेटौंडा-स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले हराएको भनिएको २४ लाख डोज खोप मन्त्रालयको वेबसाइटमा हेरेर खोज्न उनले आग्रह गरे । उनले खोपको खोजीका लागि मन्त्रालयको वेबसाइट हेर्न सांसद्हरुलाई आग्रह गरे ।

मन्त्री खतिवडाले नेपालमा विभिन्न देशबाट आएका खोप काठमाडौंमा नै कुन मितिमा आएको, काठमाडौंबाट कुन प्रदेशमा कति गएको वेबसाइटमा उल्लेख गरिएको दाबी गरे । नेपालमा ५ करोड ३३ लाख खोप आएकोमा ४ करोड ८७ लाख प्रयोग भइसकेको उनको भनाइ छ । मन्त्री खतिवडाले सरकारसँग अझै ४६ लाख ४७ हजार डोज खोप स्टक रहेको बताए । आफूविरुद्ध २४ लाख डोज घोटाला गरेको आरोप पुष्टि गर्न उनले चुनौती दिए ।

मन्त्री खतिवडाले एक व्यक्तिले ५० लाख खोप डम्पिङ गरेर किनेर कमिसन बजाउने योजना बनाएको सांसद्हरुको प्रश्नको जवाफमा आफू त्यो बाटोमा नगएको बताए । उनले बालबालिकाका लागि फाइजर खोप ल्याउन विश्व बैंकबाट रकम भुक्तानी गर्ने गरी साढे ६ अर्बको खोप किन्ने मन्त्रिपरिषद्ले निर्णय गरेको बताए । तर, विश्व स्वास्थ्य संगठनले नेपालले खोप कार्यक्रम राम्रो गरेको भन्दै कोभ्याक्स सुबिधाअन्तर्गत् ५ देखि ११ वर्षका लागि खोप दिएकाले नल्याएको स्पष्ट पारे । मन्त्रिपरिषद्ले किन्ने भनेको खोप खारेज गरेर अनुदानको खोप प्रयोग गरेको उनको भनाइ छ ।

उनले स्वास्थ्य बीमा बोर्डलाई खारेज गरेर कम्पनीमार्फत् स्वास्थ्य बीमा कार्यक्रम अघि बढाउने बजेटको घोषणा कार्यान्वयन नगर्ने बताएका छन् । बुधबार प्रतिनिधिसभामा जारी विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री खतिवडाले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री जनार्दन शर्माले घोषणा गरेको स्वास्थ्य बीमा बोर्डलाई खारेज गरेर कम्पनीमार्फत् स्वास्थ्य बीमा कार्यक्रम अघि बढाउने बजेटको घोषणा कार्यान्वयन नगरिने बताएका हुन् ।

मन्त्री खतिवडाले स्वास्थ्य बीमा कार्यक्रम ऐनअनुसार नै अघि अगाडि बढ्ने बताए । निःशुल्क औषधि वितरणमा स्वास्थ्य केन्द्रहरुबाट ७० थरी बाँड्ने गरिएकोमा अब ९८ थरिका औषधि बाँड्न थालिएको मन्त्री खतिवडाले बताए । उनले स्वास्थ्य बीमाका लागि १ हजार १ सय ३३ किसिमका औषधि समावेश गरिएको जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here