Thursday, November 14, 2024

गौर नगरपालिकाका पुर्व मेयर गुप्ता सहित हजारौं नेता तथा कार्यकर्ता एमालेमा प्रवेश

ताजा / भरखरै प्राप्त

रौतहट । नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष एवं पूर्व प्रधानमंत्री केपी शर्मा ओलीले समृद्ध नेपाल र खुशी नेपालीको लागि बर्तमान गठबन्धनका सरकारलाइ फाल्नुको बाहेक कुनै बिकल्प नरहेको बताउनु भएको छ ।

नेकपा एमाले जिल्ला कार्य समिति रौतहटले गौर स्थित व्यारेक मैदानमा सोमबार आयोजना गरेको बृहद पार्टी प्रबेश एवं जनसभा कार्यक्रममा सम्वोधन गर्दै ओलीले विकास विरोधी भ्रस्टाचारको बढ़ावा दिने सरकार गठबंधनको भएकोले नहटाए सम्म मुलुको समृद्धि र विकास सम्भव नरहेको दावी गरे !
एमाले नेतृत्वको सरकारले रौतहटमा विकासको लागि राखेको योजनाहरु सहित देश भरिका शहरी विकाश पूर्वाधार सड़क निर्माणका १४ सय योजनाहरु हटाएको आरोप लगाए ।
गौरको विकाशको लागि आफ्नो नेतृत्वको सरकारले शहरी विकास मंत्रालय मार्फत राखेको सवै योजना बर्तमान सरकारले हटाएर विकास विरोधी भएको प्रमाणित भएको कारन आउदो निर्वाचनमा ५ दलीय गठवन्धनलाइ पराजित गरेर एमालेको सरकार बनाउन मतदान गर्न आग्रह समेत गरे ।
गठवन्धन सरकारलाइ बागमती तथा लाल बकैया नदी नियंत्रणको लागि छिमेकी मुलुक संग कुरो गर्ने हैसियत नभएको भन्दै ओलीले आफुले शुरू गरेको डुवान समस्याको स्थायी समाधानको योजना समेत हटाएको आरोप लगाए ।
उनले परमदेशी सरकारबाट देश र जनताको उन्नति प्रगति समेत हुन नसक्ने ठोकूवा गरे । खुशी नेपाली र समृद्ध नेपालको लागि एक मात्र एमालेको बहुमतको नेतृत्व रहेको जिकिर गरे ।

२१ महीना सम्म सरकारका नेतृत्व गरेका माधव नेपालले रौतहटको गौरको विकासको लागि केहि गर्न नसकेको कारन असक्षम नेता रहेको टिपण्णी गरे ।
विकास विरोधी ,मजदुर ,किसान ,युवाको रोजगारीको लागि केहि गर्न नसक्ने असक्षम सरकार गठबन्धनको सरकार रहेको आलोचना समेत गरेका पूर्व प्रधानमंत्री ओलीले आउदो निर्वाचनबाट एमाले ठूलो दल बन्ने ठोकूवा गरे ।
कार्यक्रममा पूर्व उपप्रधानमंत्री रघुवीर महासेठले गठवन्धनको सरकारको कारन मुलुकको अर्थतन्त्र धराशाही हुन लागेको आरोप लगाए ।

पूर्व मंत्री प्रभु साहले रौतहटको जनताको विकासबाट पछि पर्ने गठवन्धनको सरकार रहेको बताए । शहरी विकास मंत्री हुदा रौतहटको विभिन्न सहरलाइ सहरीकरण गर्ने उदेश्यले राखेको बजट पानी बर्तमान सरकार हटाएर जनभावना विरुद्ध कार्य गरेको भनी कडा आलोचना गरे ।

राजदेवी नगरपालिकाको वड़ा नम्बर ६ र ५ को विच बागमती नदीमा एमालेको सरकार बन्ने पछि पक्की पुलको निर्माण गराउने उद्घोष समेत गरे ।

खÞराब मौषमको कारण ढिलो आएका पूर्व प्रधानमंत्री ओलीले लोकतान्त्रिक समाजवादी पार्टीका महासचिव एवं पूर्व नगर प्रमुख अजय कुमार गुप्ता , नेपाली कांग्रेसका जिल्ला सचिव राजेश चौधरी , पूर्व संविधान सभा सदस्य चन्दन जैसवाल गढ़ीमाई नगरपालिकाका पूर्व उपप्रमुख सुभद्रा गुप्तालाइ पार्टी प्रबेश गराएका छन ।

नेपाली कांग्रेसका राजीव कुमार सिंह , राजू साह , नेकपा माओवादीका भोला पांडेय , अनिता पांडेय , लोसपाबाट निर्वाचित भएका पूर्व वड़ा अध्यक्ष श्याम सुन्दर पटेल , राम स्वार्थ राय यादव , वड़ा सदस्य भैरो महतो , विद्यार्थी नेता ओम प्रकाश साह मधेशिया , सीके जैसवाल ,लगायत ५ हजार ७ जना नेपाली कांग्रेस , नेकपा एस , लोसपा , माओवादी , जसपा पार्टी परित्याग गरेर नेकपा एमालेमा प्रबेश गरेका हुन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles