काठमाडौं । भाडामा लिएको जग्गामा बनाएको संरचना २४ घण्टाभित्र भत्काउन सूचना टाँस गरेको भोलिपल्ट मंगलबार दिउँसो काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह थापाथलीस्थित नर्भिक अस्पताल पुगे ।
मेयर बालेनसँगै नगर प्रहरीको ठूलो संख्या अस्पताल पुगेको थियो । अस्पतालका अध्यक्ष राजेन्द्रबहादुर सिंहसहितका अधिकारीले उनलाई भाडामा लिएको १ रोपनी ८ आना जग्गामा बनेको संरचनाको भ्रमण गराए ।भाडामा लिएको जग्गामा बनेको संरचनाको अस्पतालले नक्सा पास गराएको छैन । त्यसैले महानगरपालिकाले भत्काउनलाई अल्टिमेटम दिएको हो ।बालेनले सिंहलाई भने, ‘महानगरको जग्गा अतिक्रमण गर्नै पाईंदैन । फुटपाथले अतिक्रमण गर्दा पनि कानुन विपरीत हुन्छ, नर्भिकले गर्दा पनि हुन्छ ।’