रजिस्ट्रारको पदावधि सकिँदा नेपाल नर्सिङ परिषद्को काम प्रभावित

0
447

काठमाडौँ — रजिस्ट्रार पद रिक्त हुँदा नेपाल नर्सिङ परिषद्‍मा काम प्रभावित बनेको छ । रजिस्ट्रार ब्रिन्दा घिमिरेको ४ वर्षे पदावधि यही साउन २० गते शुक्रबार सकिएपछि परिषद्को महत्त्वपूर्ण कामहरू रोकिएका छन् ।

साउन २२ गते परिषद्ले सूचना जारी गरी अर्को सूचना प्रकाशन नभएसम्म अस्थायी प्रमाणपत्र वितरण, नाम दर्ता परीक्षामा उत्तीर्ण भएकाहरूलाई जारी गर्ने प्रमाणपत्र, नवीकरण, प्रतिलिपि, प्रमाणीकरण आदिको सेवाहरु उपलब्ध गराउन नसकिने जनाएको छ ।यी सबै महत्त्वपूर्ण काम रजिस्ट्रारले गर्नुपर्ने हुन्छ।

परिषद्की अध्यक्ष प्रा. सरला केसीले रजिस्ट्रार पद रिक्त रहँदा काम प्रभावित बनेको जनाउँदै आज–भोलिमै रजिस्ट्रार नियुक्त भइसक्ने सम्भावना रहेको बताइन् ।

केसीले भनिन्, ‘रजिष्ट्रारको पदावधि सिद्धिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई जानकारी गराइसकेका छौँ ।आज नभए भोलिसम्म रजिस्ट्रार नियुक्त हुने जनाइएको छ।सचिवज्यूका अनुसार आज बेलुकासम्म रजिस्ट्रार नियुक्ति भइसक्छ।नभए निमित्त रजिष्ट्रार नियुक्त गरेर काम सुरु गरिनेछ ।’

बोर्डकै सदस्यलाई निमित्त रजिस्ट्रारको जिम्मेवारी दिइने केसीले जानकारी दिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here