काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने आबद्ध भएको लंका प्रिमियर लिग (एलपीएल) अब नयाँ मितिमा हुने भएको छ । श्रीलंका क्रिकेट (एसएलसी)ले लिग आगामी डिसेम्बर ६ देखि २३ सम्म हुने जनाएको छ ।
यसअघि एलपीएल आगामी अगष्ट १ देखि ३१ सम्म हुने तय थियो । तर श्रीलंकामा पछिल्लो समय देखिएको आर्थिक संकटका कारण प्रतियोगिता स्थगित गरिएको थियो ।
तेस्रो संस्करणको एलपीएलका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान लामिछाने दम्बुला जायन्ट्समा अनुबन्ध भएका छन् । उनलाई दम्बुलाले ४० हजार डलरमा विदेशी कोटामा राखेको हो ।