सानिमाले विदेशबाट ल्यायो साढे २ अर्ब ऋण

0
399

काठमाडौँ — सानिमा बैंकले अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बाट २ करोड अमेरिकी डलर (करिब साढे २ अर्ब रुपयाँ) विदेशी ऋण ल्याएको छ । बैंकले काठमाडौंमा पत्रकार सम्मेलन गरेर बुधबार उक्त जानकारी दिएको हो ।

तरलता अभावलाई मध्यनजर गरी गत आर्थिक वर्षमा नै आईएफसीसँग सम्झौता गरेर उक्त विदेशी मुद्रामा उल्लिखित रकम बराबर ऋण लिइएको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले बताए । उक्त रकमबाट लघु, साना तथा मझौला प्रकृतिका व्यवसायलाई वित्तीय पहुँचमा थप सहजीकरण गरिने उनको दाबी छ ।

‘तरलताको अवस्था असहज भएको परिस्थितिमा आईएफसीबाट प्राप्त भएको उक्त रकमले लघु, साना तथा मझौला प्रकृतिका व्यवसाय क्षेत्रमा कर्जा प्रवाह गर्न सहज हुनेछ,’ उनले भने, ‘समावेशिता तथा दिगो विकासको सिद्धान्तमा आधारित रही बैंकले यो रकम तोकिएको क्षेत्रमा लगानी गर्नेछ ।’ हाल सानिमा बैंकले मुलुकभर १२७ शाखा कार्यालय र १२० एटीएम काउण्टरमार्फत वित्तीय सेवा दिइरहेको छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here