Sunday, October 13, 2024

हस्तान्तरणको तयारीमा रहेको च्यासल मैदानमा बाढी

ताजा / भरखरै प्राप्त

२५ साउन, काठमाडौं । मंगलबार रातिको भारी वर्षापछि मनोहरा खोलामा आएको बाढीले पुनर्निर्माण सम्पन्न भएर हस्तान्तरणको प्रक्रियामा रहेको च्यासल रंगशालाको मैदानमा ठूलो क्षति गरेको छ ।

रंगशालाको मुख्य प्रदेशद्वारबाटै छिरेको बाढीले हराभरा मैदान हिलाम्य भएको छ । पूर्वपट्टी रहेको मुख्य द्वारबाट छिरेको बाढीको निकास पश्चिमपट्टीबाट निकास हुन नपाउँदा मैदानमा हिलो र फोहोरसहितको पानी जमेर घाँसमा क्षति पुगेको च्यासलका बासिन्दा तथा च्यासल फुटबल क्लबका सचिव शंकर व्यन्जनकारले अनलाइनखबरलाई बताए ।

च्यासल मैदानमा गत वर्ष भदौ २१ गते आएको बाढीले पनि क्षति पुगेको थियो । व्यन्जनकारका अनुसार यसपल्ट पानीको बहाव अघिल्लो वर्षको तुलनामा धेरै थियो । ‘खोलाबाट ओभरफ्लो भएको पानी मुख्य गेट भत्काएर छिरेको हो । मुख्य गेट, पश्चिमपट्टीको पर्खाल र दक्षिणपट्टीको गेटमा क्षति पुगेको छ,’ व्यन्जनकारले भने, ‘मैदानमा हिलो र फोहोर थुप्रिएको छ ।’

मैदानमा गत वर्षको असारमा बर्मुडा ग्रास (फुटबल मैदानका लागि उच्चस्तरीय घाँस) रोपिएको थियो । पाँगो माटोले घाँसलाई फाइदा हुने भए पनि बाढीमा बगेर आएका अन्य अनावश्यक घाँसले मैदानको आवश्यक घाँसलाई अतिक्रमण गर्नसक्ने चिन्ता बढेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles