Tuesday, October 22, 2024

नागरिकता विधेयक टाउको गन्ने विषय होइन : एमाले

ताजा / भरखरै प्राप्त

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले नागरिकता विधेयकलाई सर्वस्वीकार्य दस्तावेज बनाउन राष्ट्रपतिले दिएको अवसरलाई सदुपयोग गर्न माग गरेको छ ।

राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयकमाथि बिहीबार प्रतिनिधिसभामा सुरु भएको छलफलमा भाग लिँदै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले संसद नियमावलीअनुसार सांसदहरुलाई संशोधन हाल्ने अवसर दिनुपर्ने र जनताको प्रतिक्रिया लिनुपर्ने बताए । राष्ट्रपतिको सन्देशमा उठाइएको प्रत्येक प्रश्नलाई गम्भीर रुपमा लिनुपर्ने भन्दै उनले जनमत विभाजित गर्ने काम नगर्न आग्रह गरे ।

सत्तासँग बहुमत भएपनि यो ‘हेड काउन्ट’ गर्ने विषय नभएको भन्दै उनले भने, ‘जबर्जस्ती गरेर टाउकोको गिन्तिका आधारमा गर्ने हो भने यसको परिणाम राम्रो हुँदैन ।’

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles