काठमाडौं । अष्ट्रेलियन क्रिकेट टिमका पूर्वकप्तान डेविट वार्नरले नौ वर्षपछि बीग वास लिग(बीबीएल)मा पुनरागमन गरेका छन् ।
उनले दुई वर्षका लागि सिड्नी थन्डरबाट खेल्ने पक्का भएको छ । उनले ३ लाख ४० हजार डलर पाउने छन् ।
दक्षिण अफ्रिकामा तय भएको एकदिवशीय खेल रद्ध भएपछि उनले युएईमा हुने टी–२० लिगमा खेल्न क्रिकेट अष्ट्रेलियासँग अनुमति मागेका थिए । त्यो अनुमितले नै उनलाई बीबीएल टिम सिड्नी थन्डरमा ३ वर्षको आवद्धता दिलाएको हो ।
‘म यो खेलका बारेमा सोच्छु । एक व्यावसायकि क्रिकेटर भएका नाताले मैले रमाइलो गर्नु पर्ने धेरै अवस्थाहरु छन् । जुन म भन्दा अगाडीको पिढीबाट मैले पाएको हो,’ वार्नरले भने, ‘बीबीएलमा अहिले मैले गरेको योगदानले मभन्दा पछिका पुस्तालाई सहयोग हुनेछ ।’