राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

0
702

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भएका दुई विधेयकलाई प्रमाणीकरण गरेकी छन् । 

नेपाल इन्जिनियरिङ परिषद् ऐन, २०५५ लाई संशोधन गर्न बनेको विधेयक तथा ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । 



नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपतिले विधेयकहरूलाई प्रमाणीकरण गरेकी हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here