Sunday, October 13, 2024

काठमाडौं मलको अनधिकृत संरचनामा चल्यो महानगरको डोजर

ताजा / भरखरै प्राप्त

काठमाडौँ — काठमाडौं महानगरपालिकाले सुन्धारास्थित काठमाडौं मलको अनधिकृत संरचना भत्काइदिएको छ । बुधबार महानगरले नक्सा पासभन्दा बाहिर गएर मलले बनाएका संरचना भत्काएको हो ।

भत्काउने क्रममा मेयर बालेन्द्र शाहसहितको टोली उपस्थित थियो । त्यस्तै नेपाल प्रहरी र महानगर प्रहरीको टोली पनि खटिएको थियो । यसअघि सोमबार महानगरले बानेश्वर क्षेत्रमा अन्य रूपमा प्रयोजन भइरहेका पार्किङ संरचना भत्काएको थियो । महानगरले ३५ दिने सूचना दिँदा पनि अटेरी गरेपछि अनधिकृत संरचना भत्काएको जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles