Saturday, July 13, 2024

आक्रामक रणनीतिमै इंग्ल्यान्ड

ताजा / भरखरै प्राप्त

लन्डन — इंग्लिस कप्तान बेन स्टोक्सले दक्षिण अफ्रिकाविरुद्ध बिहीबार सुरु हुने दोस्रो टेस्टमा आफ्नो टिमको आक्रामक रणनीति कायम रहने बताएका छन् । इंल्यान्ड तीन टेस्टको शृंखलामा १–० ले पछाडि छ । टोलीले जितसँगै बराबरीको स्थितिमा फर्कने प्रयास गर्नेछ । घरेलु टोली लर्ड्सको पहिलो टेस्टमा इनिङ्स अन्तरले पराजित भएको थियो । यो हार तीन दिनभित्र सम्भव भएको थियो ।

नयाँ कप्तान र प्रशिक्षकको नेतृत्वमा इंग्ल्यान्डको यो पहिलो हार थियो । म्यानचेस्टरको ओल्ड ट्राफोर्डमा हुने दोस्रो टेस्टमा आफूअनुकूल नतिजा निकाल्न नसकेमा इंग्ल्यान्ड दबाबमा आउनेछ । इंग्ल्यान्ड भने त्यसमा पनि ‘बजबल’ मै कायम रहनेछ । यसको विशेषता आक्रामक ब्याटिङ रहेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles