Tuesday, February 27, 2024

बालेनले जंगिएर सोधे : घरको नक्सा मसँग हुन्छ कि तपाईसँग ?

ताजा / भरखरै प्राप्त

प्रसूति गृहबाट शिशु चोरी : रिहा भए मनकुमारीका श्रीमान् र दिदी

 १३ फागुन  । गत शुक्रबार (फागुन ११ गते) बिहान थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पतालको कम्पाउन्डबाट २६ दिनकी नाबालिका चोरिएको प्रकरणमा पक्राउ...

रौतहटमा लागु औषध गाँजा सहित एक जना पक्राउ

जितेन्द्र कुमार दास रौतहट, १३ फाल्गनु । रौतहट प्रहरीले लागु औषध गाँजा सहित एक जनालाई शनिबार दिउसो २ बजेको...

एक हजार दरको नक्कली नोटसहित दुई किशोर पक्राउ

काठमाडौँ । नक्कली जस्तो देखिने १ हजार दरको ६ थान नोटसहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा...

रौतहटमा जग्गाको बिषयमा कुटपिट हुँदा एक जनाको ज्यान मृत्यु

रौतहट, १३ फागुन ।  रौतहटमा जग्गाको बिषयमा दुई जनाबिच हात हालाहाल (कुटपिट) हुँदा एक जनाको मृत्यु भएको छ । रौतहटको दुर्गा भगवती...

आगामी वैशाख १५ मा दुई क्षेत्रमा उपनिर्वाचन

काठमाडौं, फागुन १३ । निर्वाचन आयोगले पूर्वसभामुख सुवास नेम्वाङको निधनपछि रिक्त भएको इलाम–२ मा आगामी वैशाख १५ गते उपनिर्वाचन गराउने भएको छ...

 काठमाडौं । अवैध संरचनाहरु हटाउँदै हिँडेका काठमाडौं महागरपालिकाका मेयर बालेन शाह बिहीबार अल्फा बिटा कम्प्लेक्समा पुगे ।

नयाँ बानेश्वर क्षेत्रमा रहेको अल्फाबिटाले भवनको अगाडिको भागमा सटर निकालेर फर्मेसी सञ्चालन गर्न दिएको छ । पार्किङ भने सडक पेटीमा हुने गरेको छ ।

मेयर बालेनले घरको नक्सा खोजे । त्यहाँ उपस्थित अल्फाबिटाका प्रतिनिधिले उल्टो मेयरसँग नक्सा मागे ।

मेयर बालेनले प्रश्न गरे, तपाईँको घरको नक्सा मसित हुनुपर्छ ?

अल्फाबिटाका प्रतिनिधिले नगरपालिकामा के हुन्छ त ? भनेर प्रतिप्रश्न गरे । आफूहरुले कुनै गलत काम नगरेको, तर मिडिया लिएर आएको भन्दै असन्तुष्टि जनाए ।

बालेनले पत्रिकामा निकालेरको ३५ दिने सूचना देखाए । अनि जंगिएर बोले, ‘यहाँ यत्रो नोटिस दिएको छ, यो के हो ? ३५ दिनभित्र खाली गर भनेर नोटिस दिएको छैन ? तपाईँको घरको नक्सा मसँग हुन्छ कि तपाईसँग ?’

अल्फाबिटाका अर्का प्रतिनिधिले बालेन सर, तपाईँ आवेगमा आएर नबोल्नुस्, हाम्रो प्रतिनिधि होइन भनेर प्रतिप्रश्न गरे । अघिदेखि बालेनसँग बहर गरिरहेका व्यक्तिले मलाई थर्काउन खोजेको भनेर बोलेनलाई अर्को प्रश्न गरे ।

तर मेयर बालेनले तत्काल प्रतिवाद गरे । आफूहरुले मिडिया स्टन्ट पनि नगरेको उनले बताए । महानगरका साढे २ लाख घरमा गएर सूचना दिन नसक्ने भएर पत्रिकामा सूचना निकालेको र अवैध संरचना हटाउनुपर्ने बताए ।
व्यवसायिक भवनहरुले आफ्नो पार्किङ हुनुपर्ने बताए । महानगरका कर्मचारीले पनि आफूहरुको अफिस नजिकै भएकाले नक्सा लिएर आउन आग्रह गरे ।

तर अल्फाबिटाका प्रतिनिधिले लिखित लिए वकिलसहित आउने बताए । साथै आफूहरुले राज्यलाई कर तिरेको भन्दै व्यवसायीलाई सम्मान गर्न आग्रह गरे ।

सभार-अनलाईन खबरबाट

लोकप्रिय

अस्पताल सार्न पाइदैन भन्दै स्थानीयले गरे नगरपालिका घेराउ

रौतहट, २४ साउन । आधारभूत अस्पताल सार्न पाइदैन, यथास्थानमा बन्नु पर्ने माग राख्दै मंगलवार वृन्दावन नगरपालिकाको कार्यालयलाई स्थानीय बासिन्दाहरुले २ घण्टा सम्म...

धनुषा क्षेत्र नम्बर ३ मा एमाले नेतृ जुलीकुमारी महतोद्वारा उम्मेदवारी घोषणा

नेकपा एमालेकी पोलिटब्युरो सदस्य जुलीकुमारी महतोले धनुषाको क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी घोषणा गरेकी छन् । अगामी मंसिर...

मेरो क्षेत्रबासिले मलाई फेरि अपार बहुमतले जिताउछन् -पुर्व मन्त्री प्रभु साह

त्यतिमात्र नभै पुरै क्षेत्रभरी निसुल्क ग्यांस सिलिन्डर चुल्हो बितरण,प्रत्येक बिधालयमा छात्रालाई निशुल्क साईकल बितरण,जेहेन्दार छात्रालाई निसुल्क ल्यापटप समेत बितरण गरेको बताए ।...

Related Articles

प्रसूति गृहबाट शिशु चोरी : रिहा भए मनकुमारीका श्रीमान् र दिदी

 १३ फागुन  । गत शुक्रबार (फागुन ११ गते) बिहान थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पतालको कम्पाउन्डबाट २६ दिनकी नाबालिका चोरिएको प्रकरणमा पक्राउ...

रौतहटमा लागु औषध गाँजा सहित एक जना पक्राउ

जितेन्द्र कुमार दास रौतहट, १३ फाल्गनु । रौतहट प्रहरीले लागु औषध गाँजा सहित एक जनालाई शनिबार दिउसो २ बजेको...

एक हजार दरको नक्कली नोटसहित दुई किशोर पक्राउ

काठमाडौँ । नक्कली जस्तो देखिने १ हजार दरको ६ थान नोटसहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा...