सर्वोच्चले मेयर शाहलाई सोध्यो : अवहेलनामा किन सजाय नगर्ने ? ७ दिनभित्र जवाफ दिनू

0
382

काठमाडौँ — सर्वोच्च अदालतले काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहलाई अदालतको अवहेलनामा किन कारबाही नगर्ने भन्दै लिखित जवाफ माग गरेको छ । न्यायाधीश हरिकृष्ण कार्की इजलासले अवहेलना मुद्दामा लिखित जवाफ माग गर्ने आदेश गरेको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले बताए । नर्भिक अस्पतालको संरचना भत्काउने महानगरपालिकाको निर्णयमा सर्वोच्च अदालतले अन्तरिम कालका लागि रोक लगाएपछि मेयर शाहले संविधान संशोधन गरेर ‘नक्सा पासको अधिकार अदालतलाई दिऔं’ भन्दै प्रतिक्रिया जनाएका थिए ।

मेयर शाहले अदालतको अवहेलना गरेको भन्दै अधिवक्ता दीपकराज जोशीले सर्वोच्चमा अदालतको अवहेलनाअन्तर्गत मेयर शाहलाई कारबाही गर्न माग गर्दै निवेदन दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here